८ वैशाख २०८१ शनिबार
कला

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव : ६ चलचित्र पुरस्कृत

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ। नेपाल–अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको महोत्सव १७ देखि २० जुनसम्म भर्चुअल रुपमा सञ्चालन गरिएको थियो।

कोरोना महामारीका कारण यस वर्षको महोत्सव भर्चुअल रुपमै आयोजना गरिएको नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीले बताएका थिए। कारोना महामारी पछि बदलिएको परिस्थितीलाई मध्यनजर गर्दै चलचित्र महोत्सव आयोजना गरिएको उनले बताए ।   

भर्चुअल रुपमा आयोजना गरिएको महोत्सवमा उल्लेखिय चलचित्रकर्मी र दर्शकको उपस्थितिले अर्काे संस्करण लागि थप ऊर्जा मिलेको महोत्सवका आयोजक किरण पौडेलले बताए । चलचित्र महोत्सवले नेपालको समाजिक, संस्कृतिक र प्राकृतिक पक्ष प्रवद्र्धन गर्न मद्धत पुग्ने पौडलले बताए।    

महोत्सवमा प्रदर्शन भएका चलचित्रहरु आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गरिएको महोत्सवका निर्देशक युवाकर राजकर्णिकारले बताए। महोत्सवमा नेपाललगायत १४ देशका ३० वटा उत्कृष्ट चलचित्रहरु प्रदर्शन गरिएको उनले बताए ।

महोत्सवमा प्रदर्शन भएका सम्पूर्ण चलचित्रबारे दर्शक र चलचित्र निर्माता–निर्देशक तथा कलाकारसँग समेत छलफल गरिएको महोत्सव आयोजक अंकित पौडेलले बताए। 

उनका अनुसार दर्शकका लागि महोत्सव अवधिभर स्मार्ट फोन, आइप्याड, कम्प्युटर, ल्याबटप र स्मार्ट टेलिभिजनमा इवेनटिभ एप मार्फत निःशुल्क चलचित्र हेर्ने अवसर प्रदान गरिएको थियो । महोत्सवले चलचित्र प्रतिको आम बुझाइमा परिवर्तन ल्याउन ठूलो भूमिका खेल्ने  पौडेलले बताए ।   

समापन कार्यक्रम तथा प्यानल छलफल सामाजिक सञ्जलमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। महोत्सवको निर्णायक मण्डलमा रम्यता लिम्बु, अमेरिकाबाट सपना शाक्य, रिबेका बिसमान्ते, निना स्ट्रिच्क, रिता मेहर र पोर्सिया कोब थिए। महोत्सवमा छानिएका मध्ये उत्कृष्ट चलचित्रलाई  निर्णायक मण्डलका टिमले पुरस्कारको घोषणा गरेका थिए।  

कोरोना महामारीका कारण २०२० को महोत्सव स्थगित भएता पनि साउथ एसियन फिल्म फेस्टिभलहरुको नेटवर्कमा कोसाफको आयोजना भएको थियो।

पुरस्कृत चलचित्रहरु

स्पेसल जुरी मेन्सनः
मन्नुः स्प्राउट्स अफ इन्डुरेन्स
निर्देशकः रामदास कदभलुर

– सो ह्वाट इफ द गोट्स डाइ
निर्देशकः सोफिया एलाउई

उत्कृष्ट सर्ट फिल्म (जुरी):
– ग्रेमर्सी
निर्देशकः प्याट हेउड, जमिल म्याकगिन्निस

– जुलुङ्गो
निर्देशकः राजेशप्रसाद खत्री

उत्कृष्ट एक्स्पेरिमेन्टल फिल्म (जुरी):
– स्पोन्टेनियस
निर्देशकः लोरी फेल्कर

उत्कृष्ट फिचर फिल्म (जुरी):
– मदर, आइ एम सफोकेटिङ
निर्देशकः लेमोहाङ जेरेमिआ मोजेज

ग्रान्ड जुरी अवार्डः
– मदर, आइ एम सफोकेटिङ
निर्देशकः लेमोहाङ जेरेमिआ मोजेज

प्रकाशित: ७ असार २०७८ ०८:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App