coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

पुतली

बालकविता

कमला घिमिरे

 

फुर्फुर गर्दै पुतली, उड्यो फूलमाथि,

हेर – हेर आकाशमा,पानी परयो साथी।

 

रंगीचंगी पुतलीको, रंगीचंगी नाना,

फूलै फूल डुली हिँड्दा,पाउने रैछ खाना।

 

कता बस्छ होला आज, पानी पर्दाखेरि,  

यौटा घर बनाइदिम् कि, बगैंचाकोनेरि ।

 

आठदश वटा छेस्का हालौं, पातको छाना हालौं,

रंगीचंगी पुतलीलाई, वरिपरि पालौं।

 

फूल सारौं बगैंचामा, उसले घुम्दै हिँड्छ,

फूलहरू मुस्काउँदा,उसले चुम्दै हिँड्छ।

 

फुर्फुर गर्ने पुतलीको, कति राम्रो रंग,

बगैंचामा घर भए,  पर्थ्यो होला दङ्ग।

प्रकाशित: ६ असार २०७८ १०:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App