७ वैशाख २०८१ शुक्रबार
कला

कहानी हो कि कथा अरे हेलिकप्टर घुम्छ

गजल

बालकृष्ण गजुरेल

 

अझै सरकार छ रे हेलिकप्टर घुम्छ,  

कठै! कति मान्छे मरे हेलिकप्टर घुम्छ।

 

भाको सम्पत्ति सकियो घरखेत सकियो,

कहानी हो कि कथा अरे हेलिकप्टर घुम्छ।

 

निरन्तर बाढी तथा पहिरो रातभरि,  

कति भयवाह तरे हेलिकप्टर घुम्छ।

 

म देशमा छु या बजारमा छु, के भनौं?

भ’का अमन– चयन हरे हेलिकप्टर घुम्छ।

 

मृत्यु उपहार पठाउ भगवान् अति भो,

मर्ने मरे बाँच्ने डरे हेलिकप्टर घुम्छ।

प्रकाशित: ६ असार २०७८ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App