coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

लाउँछु बैना पिरतीमा दिन्नौ भने घात

मुक्तक

सीता शर्मा

१)

यादका बहावहरू छाल बनेर आउँछन्,

हृदयका व्यथाहरू उकाली धाउँछन्।

धमिलिएको उसको चरित्रका आवरणहरू,

गडगडाहटमा खहरे बनी मुटुमा छाउँछन्।

२)

लाउँछु बैना पिरतीमा दिन्नौ भने घात,

आज भारी बर्साद भो सँगै परेको रात।

खहरे यो उर्लिरह्यो, पीडा जिन्दगीको ,  

वर्षौं लाग्छ हृदयका सकिनलाई बात।

  ३)

लुकाएर आँसु मुस्काउनै आँटिँदो रहेछ,  

खबर सोध्नेलाई सन्चै छु भनी ढाँटिदो रहेछ।

मलाई तिमी गएको त्यो शहर हेर्नू  छ प्रिय,

जहाँ प्रेमलाई धनसँग पो साटिँदो रहेछ।

  ४)

बोलीमा नियन्त्रण खास बनेर आवोस्,

भोलिको भाष्कर आश बनेर आवोस्।

कति गर्छौ गरिबी र लासमै राजनीति,  

घाटमा दाउरा हैन सास बनेर आवोस्।

   ५)

मलाई मेरो गाउँ दुखेकोमा दुःख लाग्छ,

आमाको शिर झुकेकोमा दुः ख लाग्छ।

कुर्सीकै दाउ खेल्नेका कुरा नगरौं हजुर,

उसलाई निशाना चुकेकोमा दुः ख लाग्छ।

प्रकाशित: ६ असार २०७८ ०८:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App