८ वैशाख २०८१ शनिबार
कला

यो अवस्थामा राज्यले आफ्नो राजधर्म निर्वाह गरोस्

कोरोना वार्ता

छोटो समयमै लोकप्रियताको शिखर चुमेका साहित्यकार हुन् सूर्यप्रसाद लाकोजू ।  नम्रता र शालीनताको पर्याय  लाकोजू बालसाहित्यमा पनि उत्तिकै कलम चलाउँछन् । सयौ नानीको मुखमुखमा झुन्डिएका छन्  उनका  बालकविता। उनै साहित्यकार लाकोजूसित कोरोनाकालमा लिएको कुराकानी  

 १.   कोरोना कालमा के गर्दै हुनुहुन्छ

कोरोनाको महामारीका कारण विश्व आक्रान्त बनेको बेला त्यसको असर हामीलाई पनि पर्नु स्वाभाविक छ । हाम्रो देशमा पनि कोरोनाको महामारी छ । थुप्रै मानिसहरू विरामी छन् । केही विरामीहरूको मृत्युको खबर सुनिरहेका छौं । यसको असर हामीमा पनि परिहाल्छ तर पनि धैर्य गर्नुपर्छ । कुनै पनि समस्या सधैंका लागि आउँदैन, सदैव यो रहँदैन यस्तै आशमा दिनहरू बितिरहेका छन् । यो अवस्थामा लेखपढको काम गर्ने प्रयासमा छु ।  

२.यस्तो अवस्थामा लेखकको भूमिका कस्तो हुनुपर्छ ?

लेखक आफ्ना लागि मात्र होइन समाजका लागि लेख्ने व्यक्ति हो । त्यसैले यस्तो अवस्थामा लेखकको समाजप्रतिको दायित्व झन् बढी हुन्छ। यस्तो बेलामा समाजलाई सचेतना हुने खालको साहित्य सिर्जना गर्नु आवश्यक देख्दछु । साथै सरकारलाई पनि आफ्नो कर्तव्य इमानदारीतापूर्वक वहन गर्न आवश्यक दवाब पुग्ने खालको रचना  पनि रचेर सामाजिक सञ्चार माध्यमबाट प्रसारण गर्नु आवश्यक छ । यस्ता सामाजिक संसारहरू प्रयोग गर्दै सकेसम्म मनोबल  कम नहुने, सकारात्मक कुराहरू संप्रेषण गर्न जरुरी छ। 

  ३.यो महामारीको अन्त्य कहिले होला ?

कोरोनाको महामारीका कारण विश्व आक्रान्त बनेको बेला त्यसको असर हामीलाई पनि पर्नु स्वाभाविक छ । हाम्रो देशमा पनि कोरोनाको महामारी छ । थुप्रै मानिसहरू विरामी छन् । केही विरामीहरूको मृत्युको खबर सुनिरहेका छौं। लास जलाउन पालो पर्खिरहेको अवस्था पनि छ । अहिले लकडाउन छ । यही बेला ह्वातै महँगी बढेको छ । हुँदा खानेहरूको अवस्था नाजुक छ।  तर पनि धैर्य गर्नुपर्छ । कुनै पनि समस्या सधैंका लागि आउँदैन, सदैव यो रहँदैन । छिमेकी मुलुक भारतमा यसको प्रभाव केही कम भएको सुनिएको छ । यहाँ पनि अवश्य कम हुँदै जानेछ र फेरि हामी पहिलेकै जिन्दगीमा फर्कने छौं । यस्तै आशमा दिनहरू बितिरहेका छन् ।

  ४. यो अवस्थामा हामीले के गर्नुपर्छ?

साथै कोरोनाको यो महामारीमा हामी सबै सचेत रहनुपर्दछ । यसको कुनै औषधि बनिसकेको अवस्था छैन । राज्यले दिएका स्वास्थ्यसँग सम्बन्धित मापदण्ड अपनाएर सकेसम्म घरमै बस्नु यसबाट बच्ने उपायहरू हुन् । यो अवधिमा सतर्कता सबैभन्दा ठूलो कुरा हो भन्ने मलाई लाग्दछ । साथै यो अवस्थामा राज्यले आफ्नो राजधर्म निर्वाह गरोस् भन्ने पनि चाहन्छु ।

     ५.यो महामारीमा कसरी बाँच्ने?  

अहिलेको यो अवस्थामा धीरता र सतर्कताबाहेक अर्को उपाय हामीसँग छैन । यसको कुनै औषधि पत्ता लागेको छैन । आशातीत केही खोप पनि सर्वसुलभ छैन । यो परिस्थितिमा सवाधान रहेर आफ्नो दैनिकी अगाडि बढाउनुपर्छ ।

प्रकाशित: ३० जेष्ठ २०७८ १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App