coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

यहाँ के हुन्छ कति खेर बुझ्न सकिंदैन

गजल

सुरेश कार्की ‘निसाद’

 

यहाँ के हुन्छ कति खेर बुझ्न सकिंदैन,

भाग्य पनि त शिर हेरेर बुझ्न सकिंदैन!

 

एउटा परिभाषा खोज्दैमा जिन्दगी बित्यो,

तर जिन्दगी घाम पनि सहेर बुझ्न सकिंदैन।

 

आउँछ  टप्प टिप्छ लैजान्छ सबैलाई,  

कति खेर के गर्छ भनेर बुझ्न सकिंदैन।

 

बालक पनि मर्छ वृद्ध पनि मर्छ अचम्म,

कुन छिटो हो कुन अबेर बुझ्न सकिंदैन।

 

विधाताले लेखे जस्तै गरी बाँच्नुपर्ने,

आफ्नो काल पनि चाहेर बुझ्न सकिंदैन!

प्रकाशित: ३ जेष्ठ २०७८ ०७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App