coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गायक सरोज अधिकारीले ल्याए ‘दुई दिने जीवन’

गायक सरोज अधिकारीको स्वरमा ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ। गीतको शब्द तथा संगीत पनि  गायक अधिकारीकै रहेको छ ।  यस्तै गीतको र्यापमा भने किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेर को शब्द रहेको छ।  गीतलाई एरेन्ज भने विशाल गुरुङले गरेका हुन्।  

म्युजिक भिडियोमा दिपक घिमिरे र पुजा ठाकुर देखिएका छन्।  नितिन चन्दले निर्दशन गरेको म्युजिक भिडियोमा सरोज अधिकारीको कथा ,सब्बु   तामांगको मेकअप ,योदीन योञ्जन र राजु तिमिल्सिनाको छायांकन र निर्देशक चन्दकै सम्पादन समाबेस रहेको छ। गीतले युवापुस्तालाई कुलतमा लाग्नु हुदैन भन्ने सन्देश दिन खोजेको छ।

प्रकाशित: २१ वैशाख २०७८ ०९:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App