coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

हरिवशं आचार्यको कोरोना भाइरस सम्बन्धी चेतनामूलक गीत

केही सातायता नेपालमा कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमण दर पनि ह्वात्तै बढको छ। अहिले लक्षणसहितको  बिरामीको चाप बढेकोले अस्पतालमा बेड पाउन पनि मुस्किल भएको हो । दैनिक तीव्र गतिमा कोरोना संक्रमण बढेसँगै सर्वसाधारणहरूलाई त्रास पनि थपिदिएको छ । सरकारले महामारीबाट बच्न लापरवाही नगरी स्वास्थ्य मापदण्ड पालन गर्न सबैलाई आग्रह गरेको छ । 

त्यस्तै वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले कोरोना भाइरस सम्बन्धी चेतनामूलक गीतको भिडियो क्लिप्स सार्वजनिक गरेका छन्। उनले ‘अर्को जुनि खै कुन्नि’ बोल गीतको चेतनामूलक भिडियो क्लिप्स फेसबुकमा सेयर गरेका छन् ।  

उनले कोरोना महामरीबाट बच्न र सचेत रहन सबैलाई भिडियोमार्फत आग्रह गरेका छन्। गीतको शब्द भने दिनेश कुमार थपलियाले लेखेका हुन् । यस गीतले कोरोनाबाट बच्ने उपायहरुको बारेमा जानकारी दिएको छ ।

गीतको भिडियो क्लिप्स

 

प्रकाशित: २१ वैशाख २०७८ ०८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App