१ जेष्ठ २०७८ शनिबार
कला

नियति

लघुकथा

गंगा खड्का 

 

‘लौ न फेरि अस्ट्रेलियामा लकडाउन भयो रे। अभागीले खाने बेलामा आँधीबेहेरी भन्थे, हो रहेछ। भएको एउटा भात खाने थाल बेचेर छोरालाई विदेश पठाइयो। जग्गा बेचीबेची विदेश पठाउनुको सट्टा यतै लगानी गरेको भए छेलोखेलो हुन्थ्यो। के गर्नु बेलामा घैँटोमा घाम लागेन। यहाँ आमाबाबु बिरामी हुँदा आफूले खाएको भाँडा समेत नमाझ्ने छोरालाई अरूको जुठो भाँडा माझ्न पैसा तिरीतिरी पठाइयो।’ हरिप्रसाद कौसीमा एक्लै बर्बराइरहेका थिए। उनको मोबाइलमा घण्टी बझ्यो।

झट्ट हेरे, छोराको फोन रहेछ।

–हेलो ड्याडी, यहाँ त फेरि लकडाउन भयो। अस्तिको पालि त अलिअलि काम पाएको थिएँ र हजुरलाई दुःख दिइन। यसपालि चाहिँ  हजुरले पैसा पठाउनुपर्ने भो। 

एकोहोरो छोराको कुरा सुनिरहेका हरिबहादुर बङ्लङ्ग भुइँमा पछारिए। भित्रबाट उनकी श्रीमती दगुर्दै आइन्। उनको हारगुहारमा हरिबहादुरलाई हस्पिटल लगियो तर डाक्टरले उनलाई मृत घोषित गरिदियो।

“ के गर्नु  सुखले दुः ख , दुः खले काल निम्ताउँछ भन्थे , हो रहेछ । नेपालको तीसपैंत्तीस हजारको जागिर छोडाएर छोरालाई विदेश पठाए। ल हेर अब बिजोग भइहाल्यो नि ।न बज्यो बाँसुरी न रह्यो बाँस । कोरोनाले कतिलाई साँच्चिकै मर्‍यो,  कतिलाई जिउँदै । “ गाउँलेहरू खासखुस गर्दै थिए।

प्रकाशित: २१ वैशाख २०७८ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?