७ वैशाख २०८१ शुक्रबार
कला

अन्त्यहीन यात्री

कविता

ध्रुवकृष्ण तामाकार

 

म जिन्दगी जिउनुको

सवाल खोजिरहेछु

जहाँनेर  

म जिन्दगीका  

जवाफ मागिरहेछु

अझै पनि मभित्र

पानी र सतहको

द्वन्द्व चलिरहेको छ

बग्ने र सम्याउनेको धुनमा

अझै पनि मभित्र

समयको  

चक्र घुमिरहेको छ

अँध्यारो अनि

उज्यालोको सुरमा ।

 

न कुनै निक्र्याैलमा

पुग्न सकें

न कुनै गुञ्ञजायस नै  

गर्न सकें

अन्तद्र्वन्द्व मनका

अन्त्यहीन एक यात्रुझैं

हार्नु र जित्नुको दोसाँधमा

उभिएको बटुवाझैं

हारेर जित्ने कि  

जितेर पनि एक कदम  

हार्ने कि ?

एउटा यक्ष प्रश्न लिई  

उभिरहेको छु

जिउने एक बहानामा।

प्रकाशित: २० वैशाख २०७८ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App