coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

मिली कोराेना भगाऔ

कविता

रविना नराल

 

विश्वमा मच्चाउँदै छ हिजो आज कोरोना कहर सर्वत्र,

लर्खर–लर्खर डुली नहिँड्नु है खतरा बढ्दै छ यत्रतत्र।

 

भिडभाडमा जानुहुन्न सदैव गर्नु है सुरक्षासँगै ख्याल,

जरो आउने, घाँटी दुख्ने लक्षण भए जँचाउनुपर्छ  रयाल।

 

फैलिसक्यो दुष्ट महामारी नगरौ है बेवास्ता गर्दै हेला,

आफ्नो जीवन अमूल्य छ आयो सुरक्षित गर्ने बेला।

 

जिताहा प्रवृत्ति छ हाम्रो केही हुन्न मलाई भन्ने,

जानाजान आफ्नै मृत्युको चिहान आफै किन खन्ने।

 

बाहिर जानुहुन्न जताततै मिसिएको छ कोरोनाको जहर,

कतिको आफन्त लुटी सक्यो अझै घुम्दैछ गाँउशहर।

 

संक्रमितसँगै लास गन्छ सरकार गर्देन है रोकथाम,

आफ्नो ख्याल आफै राखौं मृतकमा नराखौ है नाम।

 

अस्पतालमा बढाउ सरकार छिट्टै अक्सिजन र बेडहरू,

जनताको स्वास्थ्यका लागि बन्द नहोस् अस्पतालका गेटहरू ।

 

घरमै थुनी मात्र राखी हुन्न हेर यो रोगको समाधान,

विपत्त ठूलो आउँदैछ सरकार देऊ छिट्टै स्वास्थ्यमा ध्यान।

 

हामी सबै मिली आफू बाँचू अरूलाई पनि बचाऔ,

यो दुष्ट कोरोनाको त्रास विश्वबाट सदालाई हटाऔ।

प्रकाशित: १९ वैशाख २०७८ १३:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App