८ वैशाख २०८१ शनिबार
कला

बलिउड अभिनेता दिलिप कुमार अस्पताल भर्ना

बलिउडका चर्चित अभिनेता दिलिप कुमार अस्पताल भर्ना भएका छन्। उनलाई मुम्बईको हिन्दुजा अस्पतालमा भर्ना गरिएको श्रीमती शायरा बानोले  ई-टाईमसलाई जानकारी दिएकी छन्।  

९८ वर्षीय अभिनेता रेगुलर चेकजाँचका लागि भर्ना भएको र उनी चाँडै नै घर फर्कने पनि शायराले बताईन्। अहिले मुम्बईमा कारोनाको दोस्रो लहर चलेको कारण अस्पताल जानु खतरा भएको पनि उनले बताएकी छिन्।  

 २०२० मा उनले काभिड १९ का कारण आफ्ना दुई भाइहरु गुमाएका थिए। दिलिप कुमारको नामले चर्चित रहेका उनको वास्तविक नाम भने मोहम्मद यूसुफ खान रहेको छ। 

प्रकाशित: १९ वैशाख २०७८ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App