coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

बढ्दै गएको छ यो दिलभित्र दूरी आज

मुक्तक

किशन पौडेल  

  १)

रमाउनको लागि सबैको एउटा घर होस्,

भित्र सबैसँग एउटा बिश्वास र भर होस् ।

चारजात छत्तीस वर्ण फूल थरीथरीका,

आत्मीयता गाँस्ने सबैको एउटा थर होस् ।

   २)

बढ्दै गएको छ यो दिलभित्र दूरी आज,  

कसैले चलाए छ यो मुटुभित्र छुरी आज।

शान्त तलाउमा आज देखिँदै छ हलचल,

अचानक चलेको छ मनभित्र हुरी आज।

 ३) 

आउँछन् अनि जान्छन् सफरमा,

आत्मीय मनहरू बस्छन् नजरमा।

बग्दै जाने नदीजस्तै हो जिन्दगी,  

देवताहरू पनि भेटिन्छन् बगरमा।

   ४) 

घडी हेर्दाहेर्दै त्यो दिन आउँछ,

रातपछि फेरि बिहान आउँछ ।

आज छन् भोलि सँगै हुँदैनन,

छोडेर जानुपर्ने त्यो छिन आउँछ।

 ५)

कोही कसैको प्रभावले बाँच्छन् ,

कोही कसैको दबाबले बाँच्छन् ।  

हुनेखानेलाई त सधैं छ रवाफ,  

हुँदाखानेहरू अभावले बाँच्छन्।

प्रकाशित: ८ वैशाख २०७८ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App