८ वैशाख २०८१ शनिबार
कला

स्रष्टा सम्मानित

 नेपाली साहित्यमा योगदान पुरयाएबापत करफोक विद्यामन्दिर इलामले कवि विश्वविमोहन श्रेष्ठ, आख्यानकार लव गाउँले र युवराज अधिकारीलाई स्वागत तथा सम्मान गरेको छ।

  स्रष्टा कवि विश्वविमोहन श्रेष्ठ, आख्यानकार लव गाउँले र युवराज अधिकारीलाई लामो समयदेखि कलमको माध्यमबाट साहित्यमा योगदान पुरयाएबापत स्वागत तथा सम्मान गरेको हो । सोही कार्यक्रममा  कवि युवराज अधिकारीलाई  सूर्योदय नगरपालिकाको  तर्फबाट नगर प्रमुख रणबहादुर राईद्वारा सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा  विद्यार्थीहरूले  सामूहिक रूपमा कराँते एवं  नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको प्रमुख अतिथिमा सूर्योदय  नगरपालिकाका प्रमुख रणबहादुर राई थिए भने कार्यक्रमको अध्यक्षता विद्यालय संचालक समितिका अध्यक्ष अर्जुन निरौलाले गरेका थिए। विद्यालय प्रधानाध्यापक गणेशप्रसाद आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको   उक्त कार्यक्रममा कवि विमल वैध, सुजन दुलाल, अञ्जिला थामी, उमानाथ गर्तौला, अनिसा अधिकारी, नरहरि शर्मा, गणेश निरौला,  डीपी बास्तोला, लता गौतम अधिकारी, रीना राई समेतले हास्यव्यंग्य कविता, मुक्तक, गजल वाचन गरेका थिए। स्थानीय गायक पुजन प्रधानले गीतकार युवराज अधिकारीको देउरालीको फूल एलबमको गीत गाएका थिए।

 उक्त कार्यत्रममा गीतकार अधिकारीले आफ्नो एलबम ‘देउरालीको फूल’ विक्रीबाट सङ्कलित रकम र  त्यसमा  केही थप गरी रु. २ लाखको अक्षय कोष खडा गरी त्यसबाट प्राप्त हुने ब्याजबाट सूर्योदय नगरपालिका क्षेत्रभित्रका साहित्य तथा संगीतका प्रतिभाहरूलाई पुरस्कृत गरिने बताए।

प्रकाशित: ६ वैशाख २०७८ ०६:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App