coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

लघुकथाका पात्र

लघुकथा

केशवमोहन अधिकारी 

लघुकथाकारहरूबिच छलफल चल्दै थियो। उनीहरूको विषय पात्र चयनमा केन्द्रित थियो।  

लघुकथाकार १ – लघुकथाको पात्र यथार्थपरक हुनुपर्छ।  

लघुकथाकार २ – लघुकथाको पात्र काल्पनिक भए पनि हुन्छ।  

लघुकथाकार ३ – लघुकथाको पात्र आधा यथार्थ, आधा काल्पनिक हुँदा ठीक हुन्छ।  

लघुकथाकार ४ –लघुकथाको पात्र माहोल र प्रसंगले आफै जन्मिन्छ। पात्रलाई जबर्जस्ती जन्माउनु हुँदैन।  

बहस चल्दै गयो। सबैका आ–आफ्ना विचारहरू आए। सबैजना आफ्ना मान्यताहरू स्थापित गर्न तर्कहरू दिन थाले। कैयौ लघुकथाकार बोल्ने क्रममा आफ्नो बिचारको अलावा आफ्नो व्यक्तित्व पनि झल्काउँदै थिए। त्यहाँ उपस्थित सम्पूर्ण लघुकथाकारहरूको आफ्नो खालको भावभंगीमा र मनोदशा झल्किरहेको थियो। उनीहरूको कमजोर र सबल पक्ष उजागर हुँदै थियो। कतिपय अवस्थामा चर्काचर्की समेत पर्न थाल्थ्यो। 

बहस अन्त्य हुने छनक थिएन। तर, लघुकथाकार द्रोणप्रसाद आफूलाई केही कथालाई पुग्ने पात्र बोकेर त्यहाँबाट लुसुक्क निस्किसकेका थिए।

प्रकाशित: ६ वैशाख २०७८ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App