७ वैशाख २०८१ शुक्रबार
कला

अभिनेता अर्जुन रामपाललाई कोरोना संक्रमण

बलिउडका पछिल्लो समय कैयौँ अभिनेता तथा अभिनेत्रीहरुलाई कोरोना पोजेटिभ भएको खबर सार्वजनिक भएका छन्। रणविर कपुर, गोविन्दा, केट्रिना केफ, अभिताभ बच्चन, अबिशेक बच्चन, एश्वर्या राय, अक्षय कुमार जस्ता बलिउडका कलाकारहरु सङक्रमित भई निको भईसकेका छन्।  

त्यस्तै बलिउडका चर्चित कलाकार अर्जुन रामपालले आफू कोरोना पोजेटिभ भएकाले सामाजिक सञ्जालमार्फत् जानकारी दिए। उनले लेखे अनुसार उनलाई कुनै पनि लक्षण नदेखिएको तर होम क्वारेन्टिन भने बस्ने बताएका छन्। त्यस्तै उनीसंग दस दिन यता सम्पर्कमा रहेका सम्पूर्ण व्यक्तिलाई कोरोना जाँच गर्न तथा सतर्क रहन आग्रह गरेका छन्।  

रामपालले 'रावान', 'ड्याडी', 'ओम शान्ति ओम', 'राेय', 'हाउसफूल' जस्ता चलचित्रहरुमा उत्कृष्ट अभिनय गरेका छन्।

प्रकाशित: ५ वैशाख २०७८ ०८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App