७ वैशाख २०८१ शुक्रबार
कला

अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना गरिँदै

जिल्लामा अन्तर्राष्ट्रियस्तरको निबन्ध लेखन प्रतियोगिता आयोजना गरिँदैछ। अनेरास्ववियू जिल्ला कमिटीले ‘वैदेशिक शिक्षामा युवाको पलायन : समस्या र समाधान’ शीर्षकमा प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगितामा विश्वभरका लेखक सहभागी हुन पाउनेछन्। सहभागीले २ हजार ५ सयदेखि ३ हजार ५ सय शब्दसम्मको निबन्ध लेखी आयोजकलाई यही वैशाख २९ भित्र पठाउन सक्नेछन्। प्रथम हुनेले ३५ हजार ८ सय, दोस्रोले २३ हजार ८ सय र तेस्रो हुनेले ११ हजार ९ सय रुपैयाँ पुरस्कार पाउने अनेरास्ववियूका जिल्ला नेता मिलन खत्रीले बताए। ‘छनौटमा परेको निबन्ध पुस्तकमा पनि प्रकाशन गरिनेछ,’ उनले भने, ‘प्रतियोगीले आयोजकलाई प्रत्यक्ष वा इमेलमार्फत् निबन्ध पठाउन सक्नेछन्।’  

पढाइका लागि युवा विदेश जाने तर पढाइ सकेर दक्ष भएपछि उतै पलाउन हुने समस्याले बौद्धिक जनशक्ति रित्तिँदैजाने अवस्था आएको उनले बताए। ‘पढाइका लागि विदेश गएका युवा किन पुनः स्वदेश फर्किन चाहँदैनन् ? यो निकै गम्भीर समस्या बनेको छ,’ उनले भने, ‘यो विषयलाई अन्तर्राष्ट्रियस्तरमा बहसको विषय बनाउन निबन्ध प्रतियोगिता आयोजना गरिएको हो।’  

सहिद रत्नकुमार बान्तवाको ७०औं जन्मजयन्ती तथा ४३औं स्मृति दिवस अवसरमा अनेरास्ववियूले प्रतियोगिता आयोजना गरेको हो। इलामको चमैतामा जन्मेका कम्युनिस्ट योद्धा रत्नकुमार दुवै हातले उत्तिकै लेख्नसक्ने क्षमता भएका प्रतिभाशाली व्यक्ति मानिन्थे। संगठन विस्तारक्रममा इलामकै इभाङ पुगेका बान्तवालाई तत्कालीन सत्ताले २०३५ साल चैत २७ मा गोली हानी हत्या गरेको थियो।

प्रकाशित: १ वैशाख २०७८ १३:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App