८ वैशाख २०८१ शनिबार
कला

आशा

नयाँ वर्ष तिमीलाई हर्ष उल्लासका साथ  

स्वागत गर्न चाहन्छु।  

नयाँ वर्ष तिमीलाई उत्साह अनि जाँगरका साथ  

स्वागत गर्न चाहन्छु।  

नयाँ वर्ष तिमीलाई एउटा स्वर्ण बिहानीको साथ  

स्वागत गर्न चाहन्छु।  

किनकि  

म बिर्सन चाहन्छु कोभिडका ती क्षणहरू  

म बिर्सन चाहन्छु कोरोनाले छट्पटाएका ती क्षणहरू  

म बिर्सन चाहन्छु बिहान–बेलुकै घरबेटीका ती अपशब्दका क्षणहरू  

म बिर्सन चाहन्छु ती दुःखका क्षणहरू  

म बिर्सन चाहन्छु मेरा ती कमजोरीका क्षणहरू  

म बिर्सन चाहान्छु साहुका ती ऋणका क्षणहरू  

म बिर्सन चाहन्छु भौंतारिएका ती क्षणहरू  

म बिर्सन चाहन्छु बेरोजगारीका ती क्षणहरू  

म बिर्सन चाहन्छु आमाबाका ती अस्वस्थताका क्षणहरू  

म बिर्सन चाहन्छु ती पीडाका क्षणहरू।  

नयाँ वर्ष तिमीलाई हर्ष उल्लासका साथ  

स्वागत गर्न चाहन्छु।  

नयाँ वर्ष तिमीलाई उत्साह अनि जाँगरका साथ  

स्वागत गर्न चाहन्छु ।  

नयाँ वर्ष तिमीलाई एउटा स्वर्ण बिहानीको साथ  

स्वागत गर्न चाहन्छु । 

प्रकाशित: १ वैशाख २०७८ ०४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App