८ वैशाख २०८१ शनिबार
कला

रातलाई दिन भन्न खोजेर कसरी चल्छ ?

मुक्तक

                 १)

तिमीबिना  म  अब  रहन सक्दिन,

तिम्रो बिछोड कदापि सहन सक्दिन।

दिल दुखे नि नहाँसेर  के  गर्नु  प्रिय,  

मनको बह कसैलाई कहन सक्दिन !

                २)

रातलाई दिन भन्न खोजेर कसरी  चल्छ?

न्याय दिनुपर्नेले धन रोजेर  कसरी  चल्छ?

गर्नु गरे सरकारले पनि नगर्नुपर्ने काम गरेर

सधैं निर्धनको रोजीरोटी खोसेर कसरी चल्छ?

                 ३)

आँसुसित अपमान मिसाई हाँस्नु परे पनि,

बैगुनीसित भाका मिलाई  बाँच्नु  परे पनि।

झेल्न सकिएन अहँ यो समाजलाई सहनै सकिएन,

भित्र भित्रै वेदना  पचाई  बाँच्नु  परे  पनि!

                 ४)

सुनिए पनि नेताका मिठा–मिठा नाराहरू,

देखिए पनि आकाशमा नौलाख ताराहरू ।

उज्यालो छाएन खै गरीबको घरआँगनमा

कहिले हट्लान् जीवनका यी अध्याँराहरू !

                  ५)

जिन्दगीको जुवा सधैं जितिदैन मात्र हारिन्छ पनि,

जिन्दगीको संघर्षमा थाकिँदैन मात्र खारिन्छ पनि।

कति बस्छौ रोएर मात्र ? गर्नुपर्याे  केही  न  केही,

गर्दै   गए ठुलै  सफलता  हात  पारिन्छ  पनि!                                            

प्रकाशित: २६ चैत्र २०७७ ०९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App