७ वैशाख २०८१ शुक्रबार
कला

वनिताद्वारा २३ स्रष्टा सम्मानित

राजधानीमा भएको कार्यक्रममा वनिता साहित्यिक पत्रिकाले नेपाली भाषा, साहित्य, कला र संगीतका क्षेत्रमा विशेष योगदान पुर्‍याएका  विशिष्ट व्यक्तित्वहरु र फरक क्षमता भएका स्रष्टाहलाई पुरस्कृत र सम्मानित गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले डा.भोला रिजाललाई माला, खादा र अभिन्नदनपत्र सहित अभिनन्दन गरेका थिए। पुरस्कृत हुने स्रष्टाहरूमा विजय चालिसे, नारायण तिवारी, ध्रुव मधिकर्मी र सात वर्षीय बालक प्रशन्न श्रेष्ठ लगेका। प्रशन्न श्रेष्ठलाई वनिता जलेश्वरी बालप्रतिभा पुरस्कारद्वारा पुरस्कृत गरिएको थियो।

कार्यकक्रममा अभिनन्दित, पुरस्कृत र सम्मानित हुने स्रष्टाहरू वनिताश्री साहित्य रत्न सम्बुद्ध बहुआयमिक अभिनन्दन २०७७ डा. भोला रिजाल रहेका थिए। देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार २०७५ (१०,०००) राशिसहित बालसाहित्यकार विजय चालिसे (२०७६), बालसाहित्यकार वशुश्री पाण्डे (२०७७), वनिताश्री डा.नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान (५,००० राशिसहित) समालोचक डा. गोपाल भण्डारी (२ं०७६), समालोचक डा.गोविन्दराज भट्टराई (२०७७) रहेका थिए।

त्यसैगरी  वनिताश्री देवकुमारी कथा विशिष्ट सम्मान पुरस्कार २०७० कथाकार नारायण तिवारी ९२०७६०, कथाकार धु्रव मधुकर्मी (२०७७), व्यथित काव्य वनिताश्री पुरस्कार २०७५ कवि अनिल पौडेल (२०७६) र कवि दीपा एवाई (२०७७) रहेका थिए।

भद्रकुमारी–प्राडा उषा ठाकुर भाषा विशेष वनिता सम्मान/पुरस्कार (१०,१०० राशिसहित) साहित्यकार विक्रममणि त्रिपाठी (२०७६) र साहित्यकार रुमी लस्कर बोरा (२०७७),  वनिता बहुआयामिक रञ्जुश्री–दामोदर पुरस्कार (५,५०० राशिसहित) पवन आलोक (कँडेल) २०७७ (पहिलोपटक) रहेका थिए।

वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार (१०,००० राशिसहित) साहित्यकार, अनुवादक महेश पौडेल (२०७६) र संगीतकार हरिशरण सायमी (२०७७) , वनिताश्रीे उन्नती गीतसंगीत पुरस्कार २०७५ (५,००० राशिसहित) सुधा पाल्पाली (२०७६) र अञ्चित ढुंगाना (२०७७), वनिता विशेष वसुश्री–मधु पुरस्कार (५,००० राशिसहित) गायिका सरिता शाही (२०७६) र कृतिका लागि साहित्यकार केदार संकेत सुनुवार (२०७७) रहेका थिए।

वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार २०७५ (५००० राशिसहित) बहुआयमिक बालक प्रशन्न श्रेष्ठ (२०७६) र सुमला राई र केशवप्रसाद पौडल (२०७७) संयुक्त  रहेका थिए। वनिताकी सम्पादक प्रकाशक लक्ष्मी उप्रेतीको सभापतित्व र  वरिष्ठ कथाकार इन्द्रकुमार श्रेष्ठ  सरितले सञ्चालन गरेको  सो कार्यक्रममा भद्रकुमारी घले, विजय चालिसे, डा.भोला रिजाल, महेश पौड्याल र प्राडा उषा ठाकुरले आआफ्नो मन्तव्य राखेका थिए।

प्रकाशित: २६ चैत्र २०७७ ०५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App