coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

चलचित्र ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ को छायांकन सुरु

चलचित्र ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को छायांकन सुरु भएको छ। प्रेमकथात्मक चलचित्रमा अर्विन्द राज गुरुङको निर्देशन रहेको छ। उक्त चलचित्रको सुटिङ नेपाल र भारतको दार्जिलिङ, सिक्किम र कोलकाताका रमणीय स्थानमा हुने निर्माण टिमले जनाएको छ।

चलचित्रमा अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सन यूकेको सहकार्य रहेको फिल्ममा रिस्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटियाको अभिनय छ । नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा आफ्नो गायकी कला देखाइसकेकी यान्की योल्मोको पनि फिल्ममा स्वरसँगै अभिनय रहनेछ। चलचित्रमा निरेम प्रोडक्सन कुवेत र सुप्रिया तामाङको सहयोग रहेको छ, भने चञ्चल थापाको छायांकन, रेनिस फागोको कलर ग्रेडिङ रहनेछ।

विभिन्न गुरुङ भाषाको फिल्ममा अभिनय गरे पनि नेपाली फिल्म ‘कबड्डी’मा अभिनय गरेर चर्चामा आएकी अभिनेत्री रिश्मा गुरुङले फिल्मको कथा मनपरेकोले आफूले ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’मा अभिनय गरेको बताईन्। उनले आफूलाई धेरै फिल्मको स्क्रिप्ट र अफर आए पनि ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’को स्क्रिप्ट तथा आफ्नो चरित्र मनपरेकोले फिल्म खेल्न राजी भएको बताईन्।

प्रकाशित: २४ चैत्र २०७७ ०२:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App