८ वैशाख २०८१ शनिबार
कला

‘नियात्रामा नौलो आयाम’ लोकार्पण

त्रिभुवन विश्वबिद्यालय पद्मकन्या बहुमुखी क्याम्पस, नेपाली विभागको आयोजनामा डा. विदुर चालिसेद्वारा लिखित ‘नियात्रामा नौलो आयाम’ समालोचना पुस्तकको विमोचन गरियो ।  नेपाली विभागका अध्यक्ष डा. शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा. घनप्रसाद पण्डित, विशेष अतिथि लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, प्राडा कुमारप्रसाद कोइराला, डा. लेखप्रसाद निरौला, केशवप्रसाद चालिसे तथा कृतिका लेखक डा. विदुर चालिसेले बोलेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रा. धनप्रसाद पण्डितले पुस्तकको विमोचन गर्दै पद्मकन्या बहुमुखी क्याम्पसले विगतदेखि प्राज्ञिक उन्नयनमा आफ्नो भूमिका अग्रणी राख्दै आएकोमा डा. चालिसेको यो कृतिले नेपाली नियात्रा साहित्यको सैद्धान्तिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसले क्याम्पसको गरिमा समेत बढाएको बताए ।

 विशेष अतिथि श्रीओम श्रेष्ठ ‘रोदन’ले  नेपाली नियात्रा साहित्यको सैद्धान्तिक क्षेत्रमा यस पुस्तकले नयाँ बहस शुरू गर्ने विश्वास गर्नुभयो । अर्का वक्ता प्राडा कुमारप्रसाद कोइरालाले कृतिको समीक्षा गर्दै नेपाली नियात्रा साहित्यमा नवीन सिद्धान्तको रूपमा ‘हाइबुन‘ र ’कर्खाटन‘ शैलीको सैद्धाान्तिकीकरण गरेर पुस्तकलाई नयाँ आयाममा प्रस्तुत गरेको बताए ।

समीक्षक डा. लेखप्रसाद निरौलाले कृतिले समेटेको नियात्राका नवीन सिद्धान्तको विस्तृत चर्चा गर्दै पुस्तकले  समेटेको प्राचीन नेपाली नियात्रा लेखनको ईतिहास, सैद्धाान्तिक पक्ष र प्रायोगिक रूमा रहेका नियात्राकार कृष्ण बजगाईंको नियात्राकारिताको चर्चा गर्दै उक्त पुस्तकले समेटेको विभिन्न विषयबारे विचार राखेका थिए ।

कृतिका लेख डा. विदुर चालिसेले समग्र नियात्रा साहित्यको मूल्याङ्कन तथा विसं. १३७८ को आदित्य मल्लको नियात्रा बारेको अभिलेखीय इतिहास, ‘हाइबुन’, ‘हाइगा’ र ‘कर्खाटन’को नेपाली परम्परा र इतिहासको बारेमा प्रकाश पारे ।

डा. फणीन्द्रराज निरौलाले संचालन गरेको सो कार्यक्रमका सभापतिको डा. शैलेन्दुप्रकाश नेपालले नियात्रा साहित्यको गरिमा निर्माणका लागि यस पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्दै नियात्रा साहित्यमा यस कृतिले नयाँ धारणा प्रस्तुत गरेकोले यसले सबैको ध्यान बहस तथा लेखनमा तान्ने बताए ।  

प्रकाशित: २३ फाल्गुन २०७७ ०५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App