८ वैशाख २०७८ बुधबार
कला

मद्यपानको नतीजा

कथा

ए विमलका बाउ उठ्नु है ।  म गएँ । आज पल्ला गाउँका डिट्ठा बाको खेतमा रोपाइँ छ । खाना बनाएर राखेकी छु । केटाकेटी स्कूल पठाउनु । नभए दिनभरि खेलेर बस्लान् । समयमै खाना खुवाउनु । म हिडें । अबला भो ।

बिहानै विमलेकी आमा फत्फताउँदै मेलापात हिँड्छिन् । यता विमलेका बाउ इन्तु न चिन्तु  रक्सी धोकेर अक्सर सुत्ने बानी परेका र सधैंजसो खुट्टा लर्बराएर घर फर्कन्थे जब कि केटाकेटी खाईवरी सुतिसकेका हुन्थे । केटाकेटीले न त बाबुको काख पाउँथे न त माया ।  ती साना बालसुलभ मन पनि त खोज्दा हुन् बाबुको लाडप्यार ।  सोच्दा  हुन् , बाको कोखिलामा बसेर गृहकार्य गर्न पाए हुन्थ्यो।

मायालु न्यानो अभिभावकत्व पाउनु कुन चराको नाम थियो, न वास्ता नै गर्थे ।  आफू अशिक्षित भएर दुःख पाए पनि छोराहरूको  उज्ज्वल भविष्य बनाउनु बाबाको कर्तव्य थियो । तर, कहिल्यै सोचेनन् । आफ्नै तनाव मात्र देखाएर  झर्कनु  उनको बानी थियो । केटाकेटीहरू बाउको नजिक पर्नै डराउँथे । आमा नभए ती बालकहरूको कस्तो दुर्दशा  हुन्थ्यो होला। एवंप्रकारले दिनचर्या चलिरहेको थियो ।

विमल जेठो छोरो अलि चंख र बाउको बानीब्यहोरा बुझेके थियो । ऊ सधैंजसो बाउलाई समय भएपछि उठाउँथ्यो । सानो जर्किनमा पँधेरोबाट पानी समेत ल्याएर बालाई मुख धुन लगाउँथ्यो।

विमल समय भएपछि उठ्छ । पानी लिएर आउँछ ।  सानेलाई उठाएर मुख धोइदिन्छ अनि बाउलाई  बा उठ्नुस्  

अबेला भइसक्यो भन्छ । दुईतीन पटक कराउँदा नि नउठेपछि विमल बाउलाई हल्लाएर उठाउँछ । अहँ चलमलै गर्दैनन् बाउ आज ।  अनि ऊ चिच्याएर बा उठ, बा उठ भन्छ भन्दै रुनथाल्यो अनि साने पनि बा भन्दै रुन  थाले । पछि “साने तँ नरो है । म मुखिया बा बोलाएर ल्याउँछु अनि उठ्छन् “भन्दै भक्कानिदै दौड्दै मुखिया बालाई सुनाउँदै  दौड्दै आमा मेलो गएको ठाउँमा बोलाउन जान्छ । टाढैबाट  जेठा विमल दौड्दै आएको देख्नासाथ आमाको सातोपुत्लो उडिसकेको थियो ।

सासै नफेरी विमलले रुँदै सबै कुरा सुनायो । हातको धानको बिउ फ्यात्त फालेर हामफाल्दै रुँदै घर आइपुग्छन् ।

यता सारा गाउँले जम्मा भइसकेका थिए । सबै स्तब्ध थिए चुकचुक गर्दै “बेस्सरी रक्सी नधोकेको भए आज मर्ने थिएन । भक्कानिदै रुँदै आमाछोरा घर आइपुगे । त्यहाँको भयावह दृश्यहरू हेर्न नसकी अकस्मात आमा पुर्छा परिन्  । दुवै केटाकेटी कहालिदै  उठ्नुस् आमा उठ्नुस्  भन्दै  दुवै आमाको शरीरमा अंगालो हाल्दै चिच्च्याएको हृदयविदारक वातावरणले  उपस्थित सारा गाउँलेको मुटु भक्कानियो  ।  सबैको आँखा भिज्न बाध्य भयो ।

छोराहरूको मायालाग्दो रुवाइले मातृवात्सल्यको अवचेतन मन बिस्तारै बिउँतियो  अनि बिस्तारै दुवलाई अंगालोमा ममत्वले बेर्दै भारी मन लिएर जुरुक्क उठिन्– जे पर्नु परिसक्यो । यी लालाबालाहरूका  लागि भए पनि आफ्नो मन बलियो बनाउनै पर्छ । जिउँदो हुँदा पो कहिले सुख दिएका थिए र । कहिल्यै साथ दिएनन् ।

सम्झदै पीडित मन बाँध्दै अन्तिम संस्कारको सरसामान जुटाउन व्यस्त  रहिन् । सारा गाउँलेहरू यस्तो दुखको घडीमा पनि सम्यमी बनेको देखेर  बाँकी जीवन एक्लै भए पनि छोराहरूको उज्ज्वल भविष्यका लागि निस्फिक्री रहेको  एकापसमा कानेखुसी गर्दै घाटतिर लागे।

प्रकाशित: २२ फाल्गुन २०७७ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?