७ वैशाख २०८१ शुक्रबार
कला

न खुसी छ यहाँ न उमङ्ग छ

मुक्तक

       १)

न खुसी छ यहाँ न उमङ्ग छ,

न कसैको चेहरामा न रङ्ग छ।

सबै छोडेर गयो आज बरै,

म देख्छु सबैको मन भङ्ग छ।

 

         २)

 

 मलाई तिम्ले छोडेको दिन,

बाटो अन्तै मोडेको दिन ।

खै म कसरी बाँचुला र,

अर्कैसँग नाता जोडेको दिन।

 

       ३)

दुख आफै लिउँला बरु,

सुख सबै दिउँला बरु

दुखपीडा आफै राखी ,

एक्लै जीवन जिउँला बरु।

 

          ४)

तिमीसँग मैले माया लाएर के पाएँ ,

तिमीसँग मैले कसम खाएर के पाएँ।

धेरै माया गर्छु भन्थ्यौ तिमीले मलाई,

तिमीसँग मैले आज आएर के पाएँ।

 

             ५)

नजरको तीर चलाइन र मरे म त,

आगोबिना मुटु जलाइन् र मरे म त ।

उनी मुस्कुराउँदै मेरोछेउ आई बसिन्

चट्टानजस्तो मन गलाइन र मरे म त ।

प्रकाशित: १७ फाल्गुन २०७७ ०४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App