coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

मैले घर छोड्दा आँसु , झार्ने आमा सम्झिराछु

गजल

मैले घर छोड्दा आँसु  , झार्ने आमा सम्झिराछु,

खोला वारिसम्म मलाई, तार्ने आमा सम्झिराछु ।

 

शहर बस्दा खान मिल्छ, यत्ति कुरा लैजा भन्दै,

गुन्द्रुक, सिन्की, बेसार पोको, पार्ने आमा सम्झिराछु ।

 

मलाई पढाई सक्षम पार्न, यता शहर पठाउनलाई,

ढुङ्ग्री – मुन्द्री बेची खर्च , टार्ने आमा सम्झिराछु ।

 

आफू दुःखकष्ट गरी, मलाई सधैं सुखी राख्न,

आफ्ना सारा इच्छाहरू, मार्ने आमा सम्झिराछु।

प्रकाशित: १७ फाल्गुन २०७७ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App