coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

बिनसित्ति अर्काको कुरा काट्ने गर्छन् मान्छेहरू

मुक्तक

  १)

  बिनसित्ति अर्काको कुरा काट्ने गर्छन् मान्छेहरू,

केही स्वार्थमा मन – मुटु साट्ने गर्छन् मान्छेहरू ।

इमान,जमान र इमानदारीता गुमाएकालाई के भन्नु,

मौका पाए कसैको थुक पनि चाट्ने  गर्छन् मान्छेहरू।

           

२)

आफ्नै बनाउँछु भनी नजिक वरवर तान्यौ तिमीले,

प्रेमको शहरमा आफूलाई जान्नेसुन्ने ठान्यौ तिमीले ।

छटपटिंदै ,खटपटिंदै  बाँची नै रहेको थिएँ,

मुटु नै झिकेर फालिदिने कस्तो तरिका जान्यौ तिमीले।

                 

प्रकाशित: १७ फाल्गुन २०७७ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App