४ वैशाख २०८१ मंगलबार
कला

छालाको जुत्ता

लघुकथा

भाटभटेनीको ठूलो भवनछेउको त्यो जमघट । उनीहरूका बिचमा एक जना उद्घोषक थिए । उद्घोषक त्यो भीडलाई कहिले ताली बजाउ, कहिले नारा लगाउ भन्दै थिए । भीड त्यस्तै गर्दै थियो । भीडको ताली र जयकार नाराले प्रफुल्लित सम्माननीय भद्रलोक एकजना निकै चर्को स्वरमा केही  भन्दै थिए – हामी तपाईंहरूबाट केही लिन आएका हैनौ । हामी तपाईंहरूलाई केही दिन आएका । हामी तपाईंहरूलाई केही न केही  दिएर जान्छौं। 

फेरि ताली र जयकारले भाटभटेनीछेउको त्यो ठाउँ मुखरित भयो।

भाटभटेनी हलको भित्र पसेकाहरूलाई पनि बाहिरको भीड र चर्को आवाजले आकर्षण गरेको भित्ते सिसाबाट  हेर्दा बुझ्न सकिन्थ्यो।

उद्घोषक सम्माननीय अतिथिहरूलाई धन्यवाद दिँदै थिए । भीड पातलिँदै थियो । त्यतिखेरै मञ्चतिर एक्कासि एउटा जुत्ता बर्सियो। अर्को जुत्ता गल्लीको कुकुरले लग्यो । ती जुत्ता भद्रलोकका थिए ।  

प्रकाशित: १६ फाल्गुन २०७७ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App