coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

ह्वीलचेयरमा देखिए कपिल शर्मा

भारतीय हास्यकलाकार कपिल शर्मा केही दिन अघि ह्वीलचेयरमा देखिएका थिए। लगत्तै उनको चिन्ता र चर्चा एकाएक बढ्यो। सोमबार भारतको मुम्बई विमानस्थलमा ह्वीलचेयरमा कपिललाई देखेपछि फ्यान तथा शुभचिन्तकहरूमा निकै चासोको बिषय बनेको थियो। 

भारतीय संञ्चारमाध्यमका अनुसार कपिलले आफ्नो स्वास्थ्य ठीक भएको भन्दै ह्वीलचेयरमा बस्नुको कारण खुलाएका छन्। उनले भनेका छन्, ‘मेरो स्वास्थ्यमा कुनै समस्या छैन। म ठीक छु। जिम जाँदा मेरूदण्डमा सामान्य दुखाइको समस्या आएको हो। केही दिनमा ठीक भइहाल्छ।’

कपिलले आफ्नोबारे चासो देखाएकोमा शुभचिन्तकहरूलाई धन्यवाद पनि दिएका छन्। विमानस्थलबाट कपिलको ह्वीलचेयरमा बसेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

प्रकाशित: १३ फाल्गुन २०७७ ०१:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App