बलिउड अभिनेता शाहिद कपुरले श्रीमतीलाई घर उपहार दिएका छन्। उनले आफ्नी श्रीमती मीरालाई दोस्रो गर्भावस्थाका बेला उपहार स्वरुप घर दिएका हुन्।
भारतीय सञ्चार माध्यमका अनुसार अपस्केल वर्लीमा रहेको उनको यो ड्युप्लेक्स अपार्टमेन्टको मूल्य ५५ करोड ६० लाख भारु हो।शाहिद र मिराको यो दोस्रो घर हो। शाहिदको जुहूमा पनि आलिशान बंगला रहेको छ।
शाहिद र मीरा राजपूतको विवाह सन् २०१५ मा भएको थियो। यी दुईका एक छोरी र एक छोरा छन्। शाहिद मीरा बी टाउनका निकै चर्चित जोडीमध्ये एक हुन्।
प्रकाशित: ११ फाल्गुन २०७७ ०९:५१ मंगलबार