coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

ताण्डव

कविता

ताण्डव

डम् डम् डम्

डमरु  

डम् डम् डम्

डमरु

एक तमासले बजाएर

आफ्नै आरनबाट निकालेर त्रिशूल

उघारेर

‘थाहा पाउनू’ को तेजिलो ज्वालामा दन्किरहेको

तेस्रो आँखा

साँचेर

कोषकोषमा सञ्चित रिस

नाच्नु छ ताण्डव।

वर्षौं भयो

तिम्रो आकांक्षाको यज्ञमा  

मेरा नलीहाडहरू एकएक गरी जलिरहेको

मेरा सपनाहरू

आफ्नै मासीको नमीठो

गन्धमा धुवाँधुवाँ बिलाइगएको

मेरा पैतालाका डोबहरू

तिम्रो पैतालाको छायामा

कुण्ठित बाँचिरहेको।

भोकको भुंग्रोमा झोसेर

मेरा कुपोषित करङ

मनाइरहेछौ उत्सव

महाव्याधिको कुण्डमा डुबाएर

मेरो जिजीविषा

फहराइरहेछौ युद्वको झन्डा

युद्व,  

जुन म कहिल्यै जित्न सक्दिनँ ।

सडक यही हो

मैदान यही हो

अनुहार यिनै हुन्

मुठीहरू यिनै हुन्

सबैसबै उस्तै छन्

फरक छौ तिमी

निर्लज्ज, निरुत्तर।

किन सधैं  

मेरै रगतले रंगिन्छ सडक रु

मेरै भागबाट खोसिन्छ गाँस रु

मेरै आँगनमा कोरिन्छ सीमारेखा रु

मेरै घरबाट हराउँछन् छोरीहरू रु

मेरै आरनबाट चोरिरहन्छौ फिलिंगो रु

यो मूल सडक

कब्जा गरेर

इतिहासका एकएक फेहरिस्त  

पल्टाउनु छ ।

यो समयसँग

माग्नु छ जवाफ

र साँचेर

कोषकोषमा सञ्चित रिस

नाँच्नु छ ताण्डव

डम् डम् डम्

डमरु

डम् डम् डम्

डमरु ।

प्रकाशित: ८ फाल्गुन २०७७ ०५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App