coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

परिबन्द स्वीकारेको जेल रैछ जीवन

गजल

पार लाग्नै नसकिने भेल रैछ जीवन,

रङ्गमञ्चमा खेलिने  खेल रैछ जीवन ।

 

भेदभाव हुन्न सोच्थेँ मान्छे – मान्छे बिचमा ,

दुखीलाई जतिसक्दो  पेल रैछ  जीवन।

 

गाउँदेखि शहरसम्म न्याय खोज्दै आएँ,  

निर्धालाई दबाउने झेल रैछ जीवन ।

 

ठुलाठालु सधैँ चोखा,साना मर्ने ऐनमा ,

परिबन्द  स्वीकारेको जेल रैछ जीवन ।

प्रकाशित: ११ माघ २०७७ ११:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App