१५ चैत्र २०८० बिहीबार
कला

करिश्मा भन्छिन् : कुर्सी र पार्टीको झगडामा अलमलिएको नेतालाई म कसरी राम्रो भनुँ?

अभिनेत्री करिश्मा मानन्धरले आफूले स्वतन्त्र नागरिकको हैशियतमा प्रश्न गर्न नपाएको बताएकी छिन। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएकी हुन्। कोरोना महामारीका बेलामा नेताहरु कुर्सी र पार्टीको झगडामा अलमलिएको भन्दै उनले नेताहरुको चर्को आलोचना गरेकी छिन्। राजनितिक देखि समसामयिक विषयमा सामाजिक सञ्जालमा निकै नै सक्रिय देखिने मानान्धरले लेखेकि छिन्, 'के मैले स्वतन्त्र नागरिकको हैशियतमा मेरा कुरा राख्नै नपाउने हो त?'  

उनले अहिलेको राजनीतिले सबैलाई आजित बनाएकोबताएकी छिन। कोरोना महामारीले गर्दा देश झण्डै ८ महिना जति ठप्प भयो। अहिले बल्ल बल्ल अर्थतन्त्र चलायमान हुँदैछ। राजनीतिक दलहरु जुँगाको लडाइँमा मात्रै रमाउने गरेको विकृति देखियो। उनले लेखेकि छन्।

जनतालाई मर्का पर्दा सडकमा नआउने तर संसद विघटन भएर आफैँलाई मर्का परेपछि सडकमा आउने र भिडभाड बढाएर भाषण गर्ने दल र नेतालाई म कसरी राम्रो काम गरिरहेका छौ भनेर भनुँ? भन्दै प्रश्न गरेकी छिन्। यी विषयमा मलाई चुप लागेर बस्नु उपयुक्त नलागेर स्टाटस लेखेँ।  संविधानले मलाई दिएको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उपयोग गरेँ। राजनीतिक दलहरुका विकृति, विसंगति, असफलता, कमजोरीलाई ढाकछोप गरेर बोल्न, आफ्नो नेता र दलको पक्षपोषण गर्न म कुनै राजनीतिक कार्यकर्ता होईन। नेपाल राज्यको स्वतन्त्र नागरिक हुँ। मलाई राजनीतिक दल र नेताको होईन, मेरो देश, मेरो राष्ट्रियता र मेरो सार्वभौमिकताको माया लाग्छ। करिश्माले थपेकी छिन्।  

मानन्धरले यसअघि जनता समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईको कार्यशैलीलाई लिएर टिप्पणी गरेकी थिईन्। उनले बाबुरामलाई पढेलेखेको मान्छे भन्दै विरोधमा मात्रै सीमित भएकोमा दुस्ख लागेको बताएकी थिईन। उनले  भट्टराईले सामाजिक सञ्जालमा राखेको बिरोध पर्दशनको तस्बिरलाई शेयर गर्दै लेखेकि थिईन्, तपाईं जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको ऊर्जा अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देखेर दु: ख लाग्छ डा. साव! यही हो नेपालीले पाएको गणतन्त्र! यही हो राजनीतिक संस्कार ? देशको विकास कहिले हुने?

यहि कुरालाई लिएर उनलाई सामाजिक सञ्जालमा आलोचना गरिएको थियो। उनका फ्यान हरुले उनलाई राजनितिकको ज्ञान नभएका भन्दै साधु मानसिकताले राजनीति नहुने कलाकारिता र राजनीतिक फरक विषय भएको र उनले नबुझेको बताएका थिए। साथै  कुनै पार्टी को बिरोध नभएर प्रतिगमन र संसद बिघटन विरुद्धको लडाई हो भन्ने बुझ्न नसकेको आरोप समेत लगाएका थिए। मानन्धर बाबुरामद्वारा गठित नयाँ शक्ति पार्टीकी पूर्व नेतृसमेत हुन्।

प्रकाशित: ८ माघ २०७७ ०८:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App