६ वैशाख २०८१ बिहीबार
कला

एलिजा गौतम चलचित्र ‘घिन्ताङ’ मा अनुबन्धित

नेपाली चलचित्र ‘घिन्ताङ’मा कलाकार एलिजा गौतम अनुबन्धित भएकी छिन्। अभिनेता गौरव पहाडी र एलिजालाई मुख्य भूमिकामा लिएर निर्देशक दीपक श्रेष्ठले ‘घिन्ताङ’ चलचित्र निर्माण गर्ने भएका हुन्।  

निर्देशक श्रेष्ठले थुप्रै फिल्महरु निर्देशन गरिसकेका छन। लामो समयको अन्तरालपछि ‘घिन्ताङ’निर्देशन गर्न लागेका श्रेष्ठले चलचित्रको कथामा एलिजा सुहाउने भएकोेले उनलाई छानेका हुन्।

एलिजाले पहिलो चलचित्र ‘अनुराग’ मा काम गरेपनि उनलाई पत्रकार ऋषि धमलाकी श्रीमतीको रुपमा नै  दर्शकले चिन्थे। तर पछिल्लो समय पल शाह, पुष्प खड्का लगायतका चर्चित कलाकारसंग अभिनित म्युजिक भिडियो चर्चामा आएसंगै उनी राम्रो कलाकारको रुपमा चिनिएकी हुन्। स्मरण रहोस यस अघि उनले 'उत्कृष्ठ मोडल' अवार्ड हात पार्न सफल भइसकेकी छिन्।

प्रकाशित: ८ माघ २०७७ ०६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App