७ वैशाख २०८१ शुक्रबार
कला

नराम्रो बाटो

बालगीत

पल्ला घरकी दिदीले बाटोमा फोहोर फाल्नुभो,

अर्को घरको दादाले आएर प्लास्टिक बाल्नुभो।

 

रुखाखोकी लागेर स्कुलमा जानै सकिनँ,

कालो झिँगो बसेर भातमा खानै सकिनँ।

 

घाम लाग्यो चर्केर बाटोमा धुलैधुलो भो,

पानी खस्यो दर्केर बाटोमा हिलैहिलो भो।

 

यो नानीलाई बोकेर कसले आज स्कुल लैजाने,

कतै धुलो कतै हिलो बाटोमा कसले बनाउने ।

प्रकाशित: ८ माघ २०७७ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App