८ वैशाख २०८१ शनिबार
कला

पन्छी

कविता

सोनाम सज्जन किराती

 

पन्छीहरूको आकाशमा  

पन्छीहरू मात्रै छैनन्  

बाजहरू पनि छन् !

 

पन्छीहरू कोही फूलका रस खान्छन्  

कोही फट्याङ्ग्रो स्वयम्

यी घुम्दै गर्दा आनन्द हुन्छ

 

जब बाजको छाया पर्छ

मेरा आँगनीका कुखुराहरू तर्सिन्छन्

र हतारमा लुक्ने ठाँउतिर हुर्रिन्छन्

 

त्यसरी नै कुखुराहरूको सुरक्षामा

चिबे चरी झम्टिन्छ  

तैनाथ हुन्छ  

आफूभन्दा दस गुणा बढ्ता  

शरीरसित जुझ्न

 

झ्या पिउपिउ  

झ्या पिउपिउ गर्दै  

टाउकोमा थुँग्दै  खेद्छ  

त्यसबेला चिबेलाई  

सबैले आभार प्रकट गर्छ

 

त्यसरी नै तिरस्कृत हुन्छ चील

यही चिलको हालतमा छ शासक

जनताको आँगनमा फलेको  

सम्पत्ति लुटेर खान सिकेको छ

यस्ताबाट हामीले  

देशको बचाउ देख्नै सकिँदैन।  

प्रकाशित: ८ माघ २०७७ ०५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App