७ वैशाख २०८१ शुक्रबार
कला

अभिनेता सुशान्तको आज जन्मदिन, यस्ता थिए उनका सपना जुन कहिल्यै पूरा हुने छैनन् !

आज स्वर्गीय बलिउड अभिनेता सुशान्त सिंह राजपूतको जन्मदिन हो। १४ जुन २०२० मा उनको पाथृव शरीर मुम्बईको फ्ल्याटमा भेटिएको थियो। सुशान्तले अचानक संसारबाट बिदा लिए। जसले सबैलाई चकित तुल्यायो। अन्तत उनको मृत्यु आत्महत्या हो वा हत्या हो अझै खुल्न सकेको छैन।  

सुशान्तको मृत्युपछि बलिउड उद्योगका कलाकारहरूमा एक प्रकारको अनुसन्धाननै सुरु गरियो यति मात्र हैन यसमा अभिनेतालाई पनि राजनीतिकरण गरिएको खुलााशा भयो। बलिउडमा उनको मृत्यु पछि एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउने खालका गतिविधिहरु भइरहे ती अझै पनि सेलाएका भने छैनन्। उनकी प्रेमिका रिया चक्रवर्तीलाई गिरफ्तार समेत गरियो उनको कारण सुशान्तको मृत्यु भएको भनियो। यद्यपी उनको मृत्युको कारण भने अझै खुल्न सकेको छैन।  

सुशान्त आज जीवित भएको भए उनले आफ्नो ३५औं जन्मदिन मनाइरहेका हुने थिए। अभिनेता अब यस दुनियामा नै छैनन्। तर उनले बलिउडमा गरेको संघर्ष, अभिनयले भने उनी सधैं मानिसहरुको हृदयमा अमर रहनेछन्। उनीसंग केहि थान सपनाहरु थिए जुन पुरा गर्न चाहन्थे, तर उनले आफ्नो सपना पूरा गर्नु अघि नै यो संसार छोडेर गए।

सुशान्तसँग सम्बन्धित उनका सपना उनको मृत्यु पश्चात सामाजिक सञ्जालमा निकै भाइरल बनेका थिए। सुशान्तले भनेका थिए मलाई हवाई उडान देखि अन्धा मान्छेहरूलाई कम्प्युटर सिकाउने इच्छा छ जुन पुरा गरेरै छाड्नेछु। यस बाहेक उनले लेम्बोर्गिनी कार किन्न चाहान्थे। सुशान्तलाई सवारी साधन मध्य बाइक चलाउनमा  खुब सौखिन थिए। 

सुशान्तले वातावरणमा पनि योगदान पुर्‍याउन चाहन्थे उनले १ हजार रूख रोप्ने तयारी गरेका थिए। साथै उनको सूचिमा स्वामी विवेकानन्दको जीवनमा आधारित कार्यक्रम गर्ने ,रेलमार्फत युरोप यात्रा, विद्यार्थीलाई डिफेन्स फोर्सका लागि तयार पार्ने, महिलालाई आत्मरक्षाको लागि प्रशिक्षण दिने र योग सिकाउने योजना गरेका थिए। यद्यपी अब यी योजनाहरु कहिल्यै पुरा हुने छैनन्। स्वर्गीय सुशान्त हाम्रो सम्झनामा र उनले अभिनय गरेका फिल्ममा मात्र हुनेछन्।

प्रकाशित: ८ माघ २०७७ ०४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App