७ वैशाख २०८१ शुक्रबार
कला

भिन्नता

लघुकथा

 

 

बेपत्ता लोग्नेलाई सम्झेर मन अमिलो पार्नु र शान्त तलाउमा ढुङ्गा हानेर पानी धमिलो पार्नु उनलाई एउटै लाग्थ्यो ।

बर्सेनिका तीनवटा छोराछोरी १० बर्षीय जेठी छोरीको भरमा छाडेर मेलापात जानु थियो । 

दिनभर आलु गोडेर साँझमा चामल सामल बोकेरै हत्तारिदै बासस्थान लम्कदै थिइन् । छिमेकमा चारपाँचवटा छाउराछाउरीको माउ एकोहोरो रोएको सुनिन् । मनमा चिसो पस्यो ।  लामो– लामो पाइला चाली।

– अहो कस्तो विचित्र ! मरेको एउटा छाउरालाई अन्य चारवटाले लुछीलुछी खाँदै रहेछन् । किंकर्तव्यविमूढ माउ छेउमै रुँदै रैछे।

लर्खराएको खुट्टाले कुन बेला घर पुगी पत्तै पाइन । अगेना धुँवाउँदै थियो। ठुली छोरीले कहाली –कहाली रुँदै गरेको सानो भाइलाई काखमा फुल्याउँदै थिई। अगेनाबाट तात्तातो आलु झिक्दै , बोक्रा कोट्याउँदै तीनै जनालाई पालैपालो खुवाउँदै थिई।

प्रकाशित: ८ माघ २०७७ ०४:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App