७ वैशाख २०८१ शुक्रबार
कला

एक हप्तामै ‘मास्टर’ले कमायो एक सय ५० करोड बढी

एक हप्ताअघि रिलिज भएको साउथ सुपरस्टार थलापति विजय र विजय सेतुपति अभिनित एक्सन थ्रिलर फिल्म ‘मास्टर’ले विश्वभरबाट एक सय ५० करोड बढी रुपैयाँ कमाउन सफल भएको छ।

छोटो समयमै कोरोना महामारीका बीचमा पनि यो सिनेमाले सबै भन्दा राम्रो कमाई गर्न सफल भएको हो। १४ जनवरीमा रिलीज भएको फिल्मले कमाईको नयाँ रेकर्ड स्थापित गरेको छ।  

लोकेश कनागराजको निर्देशनमा बनेको फिल्म तमिल, तेलुगु र कन्नड र हिन्दी भाषामा रिलिज भएको थियो। फिल्मले तमिलनाडुमा मात्र ९६ करोड कमाएको छ। केरला र कर्नाटकमा यसको आम्दानी १४ करोड बढी भएको बताइएको छ। तेलन्गाना र आन्ध्रा प्रदेशमा फिल्मले २४ करोड बढी कमाएको छ।  फिल्मले ओवरसिज मार्केटबाट पनि कमाउन सफल भएको छ।  

फिल्ममा विजय, विजय सेतुपतिको अलवा मालविका मोहनन, शान्तनु भाग्यराज, अर्जुन दास, नसीर  मुख्य भूमिकामा रहेका छन्।

प्रकाशित: ८ माघ २०७७ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App