६ वैशाख २०८१ बिहीबार
कला

प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक

कलाकार प्रकाश सपुतको नयाँ म्युजिक भिडियो ‘आमा’ सार्वजनिक भएको छ। गीतमा सिडी विजय अधिकारीको स्वर र संगीत रहेको छ। क्यानाडाको टोरोन्टोमा बस्ने पर्वतका रबिन्द्र लम्सालले गीतको शब्द लेखेका हुन। गीतमा किरण कंडेलले बाजागाजाको संयोजन गरेका छन।  विशाल घिमिरेले कथामामा उतारेको ‘आमा’ गीतको नवराज उप्रेतीलेले छायांकल गरेका हुन। सो गीतको भिडियोलाई देवेन्द्र बब्लुले निर्देशन गरेका छन्।

प्रकाश सपुत र हिउवाला गौतमको आभिनय रहेको भिडियोमा आमा र छोराको माया, ममता, सम्बन्ध साथै उत्तरदायित्वलाई देखाउने प्रयास गरिएको छ।भुषाल वाल्यकालको छोराको भूमिकामा आरुष भुषाललाई देख्न सकिन्छ।

आमाको खुत्रुकेमा भएको पैसा लिएर उच्च शिक्षाको लागि गाँउबाट शहर पसेको छोराले आमालाई सम्झदै वाल्यकालका यादहरु सजाएको मात्रै होइन गीतको भिडियोमा असल आमाले गरेको दुस्ख र संघर्षलाई समेत देखाइएको छ।उक्त गीत रवीन्द्रसंगीता नामको युटुव च्यानलबाट सार्वजनिक भएको हो।

प्रकाशित: ७ माघ २०७७ ०९:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App