४ वैशाख २०८१ मंगलबार
कला

मयुरझैं घुम्दैघुम्दै नाची पनि दिऊँला

बालगीत

 

सानी नानी सरिनाको गीत गाउने मन्छ ,

गीतसँग म   नाचूँला उन्को भाइ भन्छ ।

 

राम्रो स्वरमा राम्रा गीत गाउनु नै पर्छ,

यसो गर्दा आफैलाई रमाइलो हुन्छ।

 

बाबा देऊ राम्रा गीत गुरुआमा देऊ,

भाका देऊ,  सीप देऊ,  मौका पनि देऊ।

 

हामी साना नानी मिली गीत गाइदिऊँला,

मयुरझैं घुम्दैघुम्दै नाची पनि दिऊँला।  

प्रकाशित: ३ माघ २०७७ ०६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App