५ वैशाख २०८१ बुधबार
कला

रोटर्ड्याम ल्याबमा नेपालबाट निर्माता सापकोटा छानिए

प्रतिष्ठित रोटर्ड्याम फिल्म फेस्टिभलको रोटर्ड्याम ल्याबमा नेपालबाट चलचित्र निर्माता सरोज शर्मा सापकोटा सहभागी  हुने भएका छन् । यस वर्षको रोटर्ड्याम ल्याबमा ४० देशका ७४ जना निर्माताहरु छनोट भएका छन् । जस मध्ये ल्याबमा  सहभागिताका लागि नेपालबाट निर्माता सापकोटा छानिएका हुन् । जनवारी २५ देखि २९ सम्म संचालन हुने तालिममा सहभागी  हुन  डक स्कुलले नेपालाबाट निर्माता सापकोटालाई सिफारिस गरेको थियो ।  

ल्याब फिल्म निर्माताहरुलाई फिल्म निर्माणका विभिन्न पक्ष सम्बन्धी तालिममा सहभागि हुनुका साथै अन्य स्थापित निर्माताहरुबीच विशेष छलफल हुने छ । तालिमसँगै सापकोटाले  रोटर्ड्याम फिल्म फेस्टिभलको विभिन्न कार्यक्रमसेमत सहभागि हुनेछन् ।  यस वर्ष कोरोना महामारीका कारण अनलाईनबाट ल्याब सञ्चालन हुने छ ।  

पोखरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका निर्देशकसमेत रहेका सापकोटा नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोसत्सवको चलचित्र छनोट समितिका अध्यक्ष पनि हुन् । अरुणदेव जोशीको निर्देशन गर्ने चलचित्र ‘होरी’लाई सपकोटाले निर्माण गर्दैछन् । ‘होरी’ विश्वको प्रतिष्ठित ‘फिल्म डेभलभमेन्ट ल्याब टोरिनो फिल्म ल्याब’ समेत समावेश भइसकेको छ । 

 रोटर्ड्यामको लिंक 

https://iffr.com/en/rotterdam-lab-participants-2021?fbclid

 

प्रकाशित: २ माघ २०७७ १४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App