६ वैशाख २०८१ बिहीबार
कला

जितेन्द्र रसिकको ‘बेलबहादुरसँग बिहे’

साहित्यकार जितेन्द्र रसिकको एघारौं कृति बालचित्र कथा ‘बेलबहादुरसँग बिहे’ बुधबार सार्वजनिक भएको छ । कोभिड जोखिमलाई मध्यनजर गर्दै एडुकेशनल पब्लिशिङ हाउसका रमण राउट, शितल सुकुभटु र कथाकार जितेन्द्र रसिकले संयुक्त रूपमा लोकार्पण गरिएको हो । 

कथामा नेवारी परम्परामा आधारिक इहि संस्कृतिमा प्रयोग हुने बेललाई प्रतिक बनाएर इहि परम्परामाथि नेवार समुदायका बालिकाको जिज्ञासाको समाधान खोजिएको छ । बेलबहादुरसँग बिहे कथामा  एकल महिलाप्रति समाजले हेर्ने दृष्टिकोण र इहि परम्पराभित्र लुकेको सामाजिक क्रान्तिका सन्दर्भ बालमनोविज्ञानमा आधारित रहेर रमाइलो तरीकाले प्रस्तुत गरिएको छ । कथा कृति मावि तहसम्मका बालबालिकाका लागि निकै उपयोगी रहने एडुकेशनल पब्लिशिङ हाउसका रमण राउटले बताए । त्यस्तै एडुकेशनल पब्लिशिङ हाउसका लेआउट डिजाइनर शितल सुकुभुटुले ‘बेलबहादुरसँग बिहे’ चित्रकथा बालबालिकाको हातमा परेपछि छोड्नै मन नलाग्ने बताए । संवादात्मक चित्रकथा निकै रमाइलो र जति पढ्यो पढुँपढुँ लाग्ने प्रस्तुति रहेकाले पनि बालबालिकामाझ ‘बेलबहादुरसँग बिहे’ चित्रकथा लोकप्रिय हुने बताए। 

‘बेलबहादुरसँग बिहे’ चित्रकथामा वरिष्ठ चित्रकार एक्कारामसिंको चित्र रहेका छन् । लेआउट  एडुकेशनल पब्लिशिङ हाउसका वरिष्ठ डिजाइनर शितल सुकुभटुको रहेको छ । चित्र कथा एडुकेशनल पब्लिशिंग हाउसले सार्वजनिक गरेको हो । रङ्गीन चित्रसहितको चित्रकथा ३६ पृष्ठ रहेको छ । कृतिको मूल्य १५० रुपैयाँ रहेको छ । बुधबारबाटै रत्नपुस्तक भण्डार भोटाहिटीं, एडुकेशनल पब्लिशिंग हाउस जमल लगायत  काठमाडौंका सबै पुस्तकपसलमा उपलव्ध गराइएको एडुकेशनल  पब्लिशिङ हाउसले जनाएको छ । काठमाडौं बाहिर भने केहि दिनमै वितरण हुने जनाइएको छ ।  

प्रकाशित: १ माघ २०७७ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App