७ वैशाख २०८१ शुक्रबार
कला

भ्रष्टाचारको मूल जरो

लघुकथा

 

 

संसदीय निर्वाचन आउनु एक हप्ताअघि दुई नम्बरी क्षेत्रका  उमेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन् । उमेदवारहरू घर दैलोमा जुम्ली हात जोड्दै आउॅदा मतदाताहरू पनि प्रफुल्ल देखिन्छन्।

नमस्कार, नमस्कार बाआमा, दाजुभाइ, दिदीबैनीहरू सबैलाई नमस्कार । यसपालिको चुनावमा पनि हजुरहरूको भोट मलाई नै  चुनाव चिन्ह गिध्दमा मत दिनु होला। ल अहिलेलाई मेरोतर्फबाट एक भोटको एक हजारका दरले हजुरहरूको चार भोटको चार हजार ल लिनुस् । 

– तर हजुर ब्वाँसो चिन्ह लिएका उमेदवाररले त हामीलाई एक भोटको पन्ध्र सय दिएर गइसके ।

– त्यसो भए हामी पनि त्यति नै दिन्छौं र चुनावको दिन मासु र भात पनि । चुनाव प्रचार समितिका अध्यक्षले वचन दियो ।

चुनावको दिन दशैंकोझैं रमझम थियो । सबै खुशी देखिन्थे । चुनाव सकियो । मत गणनाको परिणाम पनि आयो । चुनाव चिन्ह गिध्द विजयी भयो । सेकेण्ड मिनेट र घण्टा हुँदै अर्को चुनाव पनि आउनै लाग्यो तर त्यो क्षेत्रको विकास अर्को चुनाव आउला र मासुभात खाऊॅला भन्ने प्रतीक्षामै सीमित रह्यो । संसद् अनि मन्त्री भत्ता र सुविधा तथा विकास योजनाको बजेट अर्को चुनावको बजेट बन्यो दश पुस्तासहित ।

प्रकाशित: २९ पुस २०७७ ०९:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App