८ वैशाख २०८१ शनिबार
कला

समाचार

कविता

सोनाम सज्जन किराती

 

कुसमाचारहरूले भरिएको

समाचारपत्रहरू समातेर

समाचारको संवाद  

स्वादिलो मान्ने  

कुजिब्रोहरूले के बोल्लान्

गरिखानेको स्वाद पस्केर

 

जब कुसमाचारहरू छापिन्छन्

जाग्छन् ठालुतन्त्र

र ऐंजेरु त्यो मान्छे बेच्ने  

म्यानपावरको दलाल खुसी पार्न जान्दछन्

यहाँ त यसरी पो मान्छे रम्दा रहेछन्

आ मेरो देश यस्तै हालत भोगिरहेछ

 

कहिल्यै सत्य छापिएन

हार्नेहरूको सत्य उदाएन

कुनकुन कोठाको भित्ताहरूमा

बन्धक बनिरहेछ

त्यो सत्यको इजलास

र खाँटी मेरो देशको इमान

खै अपमानित भएर बसिरहेछ

कि सम्मानित  

केही बुझ्न सकिएको छैन

हमेसा ख्याल गर्ने बेला आएको छ

र आअफ्नो हिस्सा र इतिहास

कबोलेर लेख्ने बेला आएको रहेछ

 

सबको लेखाजोखा गरेर

मुठी माना पाथी तौलेर

बाँडिखाने हैकमीहरूविरुध्द ओकल्नु छ  

अब कलमवाट  

रातो आगोका अक्षर

अनि हाम्रो हरिएको खबर

लेख्न सिकाउनु छ उनेरुलाई

र न्याय समानताको जिवन्त

न्यानो घाम झुल्काउनु छ

कठोर समय र प्रकृतिको माझ

संगै याथार्थको सुदिन उघार्नु छ

र पस्किनु छ त्यो कुजिब्रोहरूलाई

सत्यको स्वाद चखाउन  

अवश्य  देशले यही खोजिरहेछ ।

प्रकाशित: २९ पुस २०७७ ०४:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App