coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

बलिउड अभिनेत्रीका फेसन डिजाइनर स्वप्निल बने 'सायशा'

बलिउडको चर्चित फेसन डिजाइनर स्वप्निल शिन्दे अब सायशा शिन्दे भएकी छिन्। उनले आफ्नो नाम मात्र परिवर्तन गरिनन् उनको सम्पूर्ण व्यक्तित्व पनि परिवर्तन गरिन्। पहिले उनी पुरुष थिए भने अब उनी  महिला भएका छन्।

केही दिनअघि उनले आफ्नो इन्स्टाग्राममा भावनात्मक पोष्ट गर्दै आफ्नो नयाँ परिचय र नामको बारेमा सबैलाई जानकारी गराएकी थिईन्। उनले आफ्नो लिंग परिवर्तन गरेकी हुन्। उनले आफूलाई एक ट्रान्सवुमनको रुपमा परिचित गराउँदै अब आफ्नो नाम सायशा शिंदे भएको जानकारी समेत गराएकी छिन्।  

उनी भन्छिन्, 'म को हुँ भनेर पत्ता लगाउन सकिन म महिला वा तेस्रोलिङ्गी म धेरै दु:खी थिएँ तर यो लकडाउनमा मैले महसुस गरें कि आखिर म को हुँ।'

स्मरण रहोस् फेसन डिजाइनर स्वप्निल शिन्दे दीपिका पादुकोण, कैटरीना कैफ, करीना कपूर, अनुष्का शर्मा, श्रद्धा कपूर र सनी लियोनी जस्ता धेरै अभिनेत्रीहरूको फेसन डिजाईनरका रुपमा परिचित छन्।

बीबीसी हिन्दीसँग विशेष कुराकानीमा उनले भनिन्, 'म अहिले ट्रान्सवुमन हुँ तर सत्य कुरा भन्नुपर्दा म अहिले सायशा शिन्दे भएकी छु भनेर विश्वास गर्न सकिरहेको छैन। परिवार र साथीहरूले धेरै बर्षदेखि मलाई  स्वप्निल भनेर बोलाईरहेछन्  त्यसैले कसैले मलाई सायशा भनेर बोलाउँदा मेरो त्यसमा ध्यान जाँदैन होला म सायशा हुँ भनेर बिर्सिरहन्छु मेरो नयाँ पहिचान अपनाउन समय लाग्नेछ तर म अहिले धेरै खुसी छु।'

३९ वर्षीया सायशा शिन्दे भन्छिन्, '६ वर्ष अघि मलाई थाहा भयो कि मसँग जनरल आइडेंटिटी डिसफोरिया छ। त्यो भन्दा पहिले मेरो दिमागमा धेरै प्रश्नहरू थिए। तर पनि मैले भित्रै दबाइरहे।'

'सानो छँदा मैले यसको बारेमा सोचेको थिइनँ। मलाई के भन्ने थाहा थिएन परिवारसँग यसको बारेमा कुरा गर्न पनि सकिनँ जब म ठूलो भएँ, म समलिंगी पुरुषहरूसँग परिचित भएँ, मलाई लाग्यो कि म समलिंगी हुँ तर पछि मैले महसुस गरें समलिंगी होइन र मैले निर्णय गरें कि म के हुँ अब म दुनियाँलाई देखाउँछु त्यो पनि विना डरको साथ।'  

प्रकाशित: २९ पुस २०७७ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App