७ वैशाख २०८१ शुक्रबार
कला

पौवैगौंडेमा कम्युनिष्ट पार्टी

निर्दल– बहुदल मोरा हुन्

एउटै बाउका छोरा हुन्

कुरा गर्ने अझै ठूला  

दुवै एउटै ड्याङका मुला  

जनमत सङ्ग्रह धोका हो  

धोका हो, धोका हो  

जनमत सङ्ग्रह बहिष्कार गरौं,  

बहिष्कार गरौं, बहिस्कार गरौं।  

पञ्च कॉग्रेस भाइभाइ  

भन सबले बाइ बाइ

पञ्चायती व्यवस्था...मुर्दावाद  

नौलो जनवाद...जिन्दावाद । 

जनमत सङ्ग्रह घोषणा भएको दश दिन पनि नबित्दै फेरि पौवैगौंडेको सानो बजारको बाटोमा यस्ता नाराहरू घन्केको सुनियो । सुरुसुरुमा यो आवाज निकै टाढाबाट आएको जस्तो सुनिएको थियो । पछि भने नजिकै सुनिन थाल्यो । त्यो दिन शितला माविमा सबैजसो शिक्षकहरू आइसकेका थिए । रजिष्टरमा नाम लेखेपछि गफ गर्न थालेका थिए । कक्षाकोठाहरूमा एउटा पनि विद्यार्थी नहुनाका कारणले उनीहरूलाई पढाउन जानु परेको थिएन । त्यस्तो अवस्थामा उपर्युक्त नाराहरूद्वारा घन्केको पौवैगौंडेको बजारले सबैको ध्यानाकर्षण नगर्ने कुरै थिएन । शिक्षकहरू पनि सबैले स्कुलको कम्पाउण्डको उत्तरतिर रहेको गेटमा निस्केर हेरे । केही परबाट नाराहरू घन्काउदै एउटा जुलुस आउ‘दै थियो । नाराहरू निकै चर्का र जोसिला थिए । नारा घन्काउ‘दा मानिसहरू दुईतीन हात माथिसम्म कसिला मुट्ठी उठाएर उफ्रिरहेका थिए । बाटोको धुलो उडेर कुइरीमण्डल भएको थियो । बाटाको दुवै किनारामा मानिसहरू उभिएर हेरिरहेका थिए । जनमत सङ्ग्रहको घोषणा भइसकेपछि फेरि केको जुलुस आयो भनेर पनि कुरा गरिरहेका थिए, उनीहरूले । नाराहरू सडकमा घन्केकाले मात्र होइन वरिपरिका डॉडाबाट समेत प्रतिध्वनित हुनाका कारणले वातावरण निकै उत्तेजित भएको थियो । जुलुसको अगाडि एउटा मानिस थियो । सबैले उसैलाई निशाना बनाएर नारारूपी भालाहरू चलाइरहेका थिए । त्यही बेला दर्शकहरूका मुखबाट खसिहाल्यो–

– कठै  अनि राम सरलाई, कालो मोसो पोतेर लखेटेका ।  

– कहॉ अनि राम सर हुनु ? उनी त हिजै घर गइसके ।

– अर्काकी स्वास्नीलाई समातेपछि यस्तै हुन्छ !

– स्कुलको कार्यशाला भवन बनाउन ज्यालामा ल्याएका मिस्त्रीकी स्वास्नीलाई समातेका रे ।  

–सात महिनाको भु‘डी भएकी अर्काकी स्वास्नीलाई पनि समात्नुहुन्थ्यो त ?

– कस्ता पापी, बाहुन भएर पनि रक्सी खाने र अर्काकी स्वास्नी समात्ने ।

–नकराओ बेइज्जती हो । ती अनि राम सर होइनन् ।

   बाटोको छेउछाउमा उभिएर जुलुस हेरिरहेका मानिसहरूले त्यस्ता कुरा गर्दागर्दै जुलुस नगिचै आउन थाल्यो । अहिलेसम्म शिक्षकहरूको समूहबाट कोही पनि बोलेको थिएन र कसैले पनि कालो मोसो दलिएका मानिसलाई चिनेको पनि थिएन । जुलुसको अगाडि उफ्रने र पछिपछि नारा घन्काउने मानिसहरू भने चिनिने गरी प्रकट हुन थालेका थिए । जुलुसको अगाडि क्याम्पस पढ्ने विद्यार्थीहरू कमलनारायण श्रेष्ठ र नारायण कार्की थिए र पछिपछिका सबै त्यही स्कुलका विद्यार्थीहरू थिए । कालो मोसो लगाइएका मानिसलाई भने हामीले चिन्न सकेनौं । विद्यार्थीहरूले त्यो मानिसलाई घुच्याउदैघुच्याउदै स्कुल कम्पाउन्ड बाहिरको तेर्साे बाटो लिएर गए र गिञ्चौर गाउ‘को छेउको ओरालो नआउने बेलासम्म लगिरहे । ओरालो सुरु भएपछि “लौ जा” भनेर घुच्याइदिए । उनी मुस्किलले उभिन सके । त्यसपछि उनी, फेरि समात्छन् कि भनेर होला छिटोछिटो ओरालो लागे ।

“अब एता नआएस् ।”

“आज छाडिदियौं। फेरि आइस् भने खुट्टासुट्टा भॉचिदिन्छौं ।”

“बङ्गाारासङ्गारा झारेर भुइभरि छिरलिदिन्छौं ।”

“आउ‘छु, फेरि पनि आउ‘छु र फेरि पनि आउ‘छु ।” दौड्दैदोड्दैै उनले भने ।

“खबरदार , फेरि आउने मुर्खता न गरेस् ।”

“केको खबरदार ? म बहुदलको प्रचार गर्न आइरहन्छु ।”

यस्तो भन्दै उनी दौड्दै निकै टाढा पुगिसकेका थिए । यता भने विद्याथीहरूले नारा घन्काइरहेका थिए– “पञ्च कॉग्रेस भाइभाइ ....।”

 शिक्षकहरूले यो सब क्रियाकलापलाई स्कुलमा बसेर हेरिरहेका थिए । अहिलेसम्म प्रधानपञ्च टोपबहादुर कार्की, समाजसेवी नारायणबहादुर कार्की र उनका छोरा योगेन्द्र कार्की पनि शिक्षकहरू भएकै ठाउ‘मा आइसकेका थिए । उनीहरूले कालो मोसो पाउने व्यक्तिलाई चिनिसकेका रहेछन् र ह‘सिला देखिएका थिए। तर, त्यो को थियो हामीलाई भन्न भ्याइसकेका थिएनन् । यही समयमा गिञ्चौरका पण्डित हस्याङफस्याङ गर्दै आइपुगे र “हेर्नाेस् त सरहरू  यो अत्याचार” भनेर कराउन थाले । “जनमत सङ्ग्रहको घोषणा भयो भनेर बाहाकोटका थानबहादुर मल्ल आएका थिए । उनले र मैले बहुदलको प्रचार कसरी गर्ने होला भनेर सल्लाह गर्न थालेका थियौं । उनले चिया पसलमा बसेर ‘बहुदललाई जिताउनुपर्छ’ पनि भनेका थिए । त्यत्तिकैमा ती उत्ताउला केटाहरू आए र उनलाई कालो मोसो लगाएर लखेटे । जीवनभर प्रजातन्त्रका निम्ति लड्ने मानिसलाई प्रजातन्त्र आएपछि कालो मोसो लाउने ? पढेलेखेका शिक्षकहरू भएर पनि यसरी हेरेर बस्ने हो ?”हामी शिक्षकहरूले बल्ल थाहा पायौं । कालो मोसो दलिएका व्यक्ति त नेपाली कॉग्रेसका जिल्ला स्तरका नेता बाहाकोट निवासी थानबहादुर मल्ल पो रहेछन्।

जनमत सङ्ग्रह घोषणा भएको भोलिपल्टै हामी शिक्षकहरू– म, इमानविक्रम केसी, मनुकुमार गुरुङ,  लक्ष्मण विश्वकर्मा, क्याम्पसमा पढ्ने विद्यार्थी कमलनारायण श्रेष्ठ र नारायण कार्की स्कुलकै एउटा कोठामा बसेर पार्टीमा काम गर्ने सम्बन्धमा छलफल गरेका थियौं । नारायण कार्कीले अब कुन पार्टीमा लाग्ने हो भनेर सोध्नुभएको थियो । मैले कम्युनिष्ट पार्टीमा लाग्नुपर्छ र त्यो पनि नेकपा(माले)मा भने । नेकपा(माले) का सम्बन्धमा नारायण कार्कीबाहेक सबैस‘ग योभन्दा पहिलै पनि पटकपटक कुराकानी भइसकेको हुनाले उनीहरूबाट यस्तो प्रश्न आएन । डिवी कार्की, हेमबहादुर आले, रुद्र श्रेष्ठ र प्रेमबहादुर कार्कीहरूस‘ग त दुईतीन महिना अगाडिदेखि नै कुराकानी भएको थियो र उनीहरूले पार्टीलाई समर्थन गर्न थालिसकेका थिए । त्यसकारण पनि उपस्थित सबैले नेकपा(माले)मा काम गर्ने कुराको तुरुन्त समर्थन गरे । त्यसपछि हामी छ जनाका बिचमा एउटा पार्टी कमिटी बनाइयो । मस‘ग रत्नकुमार वान्तवाको हत्याका विरोधमा पार्टीले प्रकाशित गरेको एउटा पर्चा थियो । मैले त्यो पढेर सुनाए‘ । त्यो पर्चाको विषयवस्तु र भाषाले सबैको आङ सिरिङ्ङ बनायो । सबै उत्साहित हुनुभयो । त्यही दिन सॉझ विद्यार्थी डोलबहादुर कार्कीको नेतृत्वमा ‘रेड गार्ड स्क्वाड’ पनि गठन गरियो । डिवि कार्की कमाण्डर र सदस्यमा धनविक्रम कार्की र प्रेमबहादुर कार्की, हेम आले, रुद्रबहादुर श्रेष्ठ हुनुहुन्थ्यो ।

त्यो पार्टी कमिटी, स्याङ्जामा, नेकपा(माले)को पहिलो संगठन रहेछ भन्ने कुरा हामीलाई त्यति बेला थाहा थिएन । कोअर्डिनेशन केन्द्रका समयमा ०३४ सालमा बांगेबाङसिङमा धनीराम लामिछानेका नेतृत्वमा एउटा संगठन बनेको रहेछ । निकै लामो समयसम्म सम्पर्क नभएका हुनाले त्यसले नेकपा(माले) पार्टी गठन भएको थाहा नै नपाएर विघटितजस्तै भएको रहेछ । पछि थाहा भयो, पौवैगौंडेमा बनेको कमिटी नै नेकपा(माले) स्याङ्जाको मात्र होइन, गण्डकी अञ्चलकै पहिलो पार्टी संगठन रहेछ।

हुन त त्यो ठाउ‘मा कम्युनिष्ट पार्टीको संगठन ०३५÷०३६ मा मात्र बनेको होइन । मोहन केसी, मानोत्सव केसी, रामशरण कार्की र रामचन्द्र कार्कीहरू वनारसमा पढ्न जॉदा ०२३ सालदेखि नै कम्युनिष्ट बनेका थिए र मोहन केसी उतिबेला स्याङ्जा जिल्ला कमिटीका सदस्य समेत बनेका थिए । पौवैगौंडे माविका भूपू शिक्षक योगेन्द्र कार्की भन्छन् “उनीहरू सबै गाउ‘मा बस्न सकेनन् । बाहिरै बसेका हुनाले यहॉ पार्टी संगठन बनेन । मोहन केसी जागिरमा लागे । मानोत्सव केसी पोखरामा बसे । रामशरण कार्कीले पनि गाउ‘ सम्झेनन् । रामचन्द्र कार्की हुन् यहॉ बसेका, उनले एक्लाखेते सामन्तीको घेरालाई तोड्न सकेनन् ।”

त्यसको एक हप्ता जतिमा पार्टीको नयॉ निर्णय आयो । पार्टीले जनमत सङ्ग्रह बहिस्कार गर्ने निर्णय गरेर निर्देशन पठाएको थियो । निर्देशनमा जुलुसमा लगाउने नाराहरू पनि पठाइएका थिए । उपर्युक्त पार्टी संगठन र रेडगार्ड स्क्वाडका बैठकमा पार्टीको त्यो निर्देशन पढेर सुनाइयो । बैठकहरूले निर्णय र निर्देशनलाई कार्यान्वयन गर्ने निर्णय गरे । त्यो कुरा कमलनारायण श्रेष्ठ र नारायण कार्कीले तुरुन्तै विद्यार्थी अगुवाहरूका बिचमा पुरयाउनुभयो । त्यसैको परिणामस्वरूप  ढालबहादुर मल्लमाथि एक्सन भएको रहेछ ।

त्यो जुलुस विद्यार्थीको मात्र थिएन । त्यसमा केही गाउ‘ले किसान पनि सामेल भएका थिए । त्यसको सङ्ख्या बढिरहेको थियो । उत्तेजित भिडले पञ्चहरूलाई पनि कालो मोसो लगाउने तयारी गरिरहेको रहेछ । यो थाहा पाएपछि उप प्रधानपञ्च घरतिर हि‘डिसकेका रहेछन् । प्रधानपञ्च टोपबहादुर कार्की, समाजसेवी नारायणबहादुर कार्की र उनका छोरा स्कुलको कार्यालयमा नै बसेका थिए । विद्यार्थीहरू उनीहरूस‘ग पनि असन्तुष्ट रहेछन् । त्यहॉ प्रधानाध्यापक कुलानन्द शर्मा पनि थिए । विद्यार्थीहरू उनीस‘ग पनि रिसाएका रहेछन् । त्यसले गर्दा उनीहरूले उक्त चार जनालाई कार्वाही गर्ने भन्दै कार्यालयमाथि आक्रमण गरे । स्कुलको कम्पाउन्डभित्र नारा घन्कन थाले र जुलुस उर्लन थाल्यो । त्यसमा हेडमास्टर कुलानन्द र टोपबहादुरहरूस‘ग व्यक्तिगत रूपमा रिसाएका गाउ‘लेहरू पनि सामेल भएका थिए । कार्यालयका छानामाथि ढुंगामुढा भयो । त्यसले गर्दा कार्यालयको छानाको टिन उप्कन्छ कि जस्तो गरी थर्कन थाल्यो । आन्दोलनकारीहरू अफिसमा पस्ने भनेर ढोकामा आइपुगे । भित्र हेडमास्टर र पञ्चहरू थिए । उनीहरू चारै जना यति धेरै आतङ्कित भए कि डरले टेबलमुनि छिरेर लुकेर बसे । म र इमानविक्रम केसीले ढोकामा छेकेर बस्यौं । हामीलाई देखेपछि विद्यार्थीहरू जबर्जस्ती भित्र पस्न खोजेनन् । त्यसको कारण थियो त्यो आन्दोलनको न्युल्कसमा हामी थियौं । हामीले दुई खाले भूमिका पूरा थियौं । बहिष्कारवादी आन्दोलन गर्नु पार्टीको निर्देशन थियो र हेडमास्टर र समाजसेवीहरूलाई भौतिक हमलाबाट रक्षा गर्नु शिक्षकका हैसियतको कर्तव्य थियो ।

०३५ साल चैत्र ९ गतेदेखि देशव्यापी रूपमा विद्यार्थी आन्दोलन सुरु भएको थियो । शितला माविमा पनि उही दिनदेखि आन्दोलन सुरु भयो । पहिला त पौवैगौंडेमा आन्दोलन कसरी सुरु भयो भन्ने पनि हामीलाई थाहा भएन । पछि थाहा भयो त्यो त राविसेअन्तर्गत आएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूद्वारा उठाइएको रहेछ । त्यतिबेला त्रिभुवन विश्वविद्यालयबाट डिग्री गर्न दश महिना स्थानीय माविहरूमा पढाउने र अन्य अतिरिक्त क्रियाकलाप गरी थेसिस तयार गर्नुपथ्र्यो । त्यही कोर्ष पूरा गर्न शितला माविमा दुई जना डिग्रीका विद्यार्थी आएका थिए । उनीहरूले प्रौढशिक्षा पनि सञ्चालन गरेका थिए । उनीहरूकै योजनाअनुसार त्यहॉ विद्यार्थी आन्दोलन परिचालन भयो । त्यसका विरोधमा पञ्चहरू र विद्यालय प्रशासन त हुने नै भयो । उसले त्यसका विरोधमा आवश्यक क्रियाकलापहरू गर्नथाल्यो । हामी शिक्षकहरूलाई पनि राविसेवालाहरूको चुरीफुरी मन परेन र पञ्च र स्कुल प्रशासनलाई सहयोग उपलब्ध गराइयो । परिणामस्वरूप राविसेवालाहरूलाई जिल्ला शिक्षा कार्यालयले एक्शन गरयो । युनिभर्सिटीले पनि देशभरका राविसेवालाहरूलाई फिर्ता बोलाउने काम गरयो । त्यसपछि त्यो स्कुलको आन्दोलन पनि रोकिन गयो । केही दिनपछि मात्र हामी शिक्षकहरूले विद्यार्थीहरूलाई आन्दोलन गर्न प्रेरित गरयौं । पुनजागृत विद्यार्थी आन्दोलनले देशभरको आन्दोलनलाई जगाउन सहयोग गरयो । त्यो राष्ट्रव्यापी विद्यार्थी आन्दोलनले राजा विरेन्द्रको गद्दीलाई हल्लाइदियो ।

त्यति बेलासम्म सरकारको निर्देशनमा त्रिविविले देशभरका कलेजहरू बन्द गरिसकेको थियो । यसले विद्यार्थी आन्दोलन मत्थर हुन्छ कि भन्ने ठानेको थियो सरकारले । तर परिणाम उल्टो हुन गयो । कलेजहरू बन्द भएपछि कलेजका विद्यार्थीहरू गाउ‘ गाउ‘मा गएर स्कुलहरूको आन्दोलनलाई नेतृत्व दिन थाले । कमलनारायण श्रेष्ठ र नारायण कार्की पनि कलेज बन्द हुनाकै कारणले पौवैगौंडेमा गएका थिए । त्यसपछि आन्दोलनले अरू चर्काे रूप लिएको थियो । आखिर राजाले जनताकासामु घु‘डा टेक्नुपरयो र जनमत सङ्ग्रहको घोषणा भयो । त्यो दिनको आन्दोलन भने जनमत सङ्ग्रहको बहिष्कार गर्ने नाराकासाथ सञ्चालित भएको थियो । यसका बारेमा पनि हामीले उनीहरूस‘ग समेत बसेर आन्दोलनको योजना बनाएका हुनाले उनीहरू हामीतिर नरम भाव राख्नु स्वभाविक थियो । त्यही भएर उनीहरू जबर्जस्ती कार्यालयभित्र पस्न सकिरहेका थिएनन्।

ढोकामा छेकेर बस्ने हामीहरूलाई लाग्यो “स्कुलको हेडमास्टर भएर किन यति धेरै डराएको होला । यी विद्यार्थीहरू त सबै उनकै चेलाहरू हुन् । उनका अगाडि निस्केर ‘भन बाबु हो के छ समस्या’ भने हुन्थ्यो । राष्ट्रव्यापी आन्दोलन त जनमत सङ्ग्रह घोषणा भएपछि समाप्त भइसकेको छ । यो त स्थानीय समस्या न हो । यसमा भागेर हुन्छ ।  कस्तो कायर हेडमास्टर । अफिसभित्र बस्दा पनि डराएर टेबलमुनि लुक्ने । प्रधानपञ्च पनि किन टेबलमुनि लुकेको होला । विद्यार्थी त उसका छोराछोरी र नातिनातिना हुन् । खुरुखुरु कुरा गर्नुपर्छ नि । यिनीहरूलाई टेवुलमुनिबाट त निकाल्नै परयो ।”

विद्यार्थीहरू भित्र पस्न त खोजेकै थिए । हामीले उनीहरूलाई भन्यौ “दुईतीन जना मात्र पस्नु होस् ।” विद्यार्थी कमल र नारायण भित्र पसे । अरूमध्ये कोही ढोकामा खचाखच थिए, कोही नारा लगाइरहेका थिए र कोही छानामाथि ढुंगा बर्सारहेका थिए । कमल र नारायणले भित्र हेरे । उनीहरूले खोजेका चार जना मानिस त त्यहॉ छैनन् । उनीहरू कराए । “कहॉ गयौ तिमीहरू आऊ यहॉ अगाडि । ”   

उनीहरू टेवुलमुनि देखिए

“निस्क बाहिर ।”

“समस्या समाधान गर्न छलफल गरिरहेका होलान् भनेको त टेवलमुनि लुकेर पो बसेका ?”

“ए साथी हो, यिनीहरू त टेवलमुनि लुकेर बसेका छन् ।”

“निस्क बाहिर।”

हात कमाउ‘दै र जुम्ला हात गर्दै हेडमास्टर टेवलमुनिबाट निस्के ।  प्रधानपञ्च र अरू पनि निस्के । यही समयमा कुनै विद्यार्थीले ढोकाबाट लट्ठीले झटारो हान्यो । त्यो लट्ठीले योगेन्द्रका पेटमा गएर कोप्यो । पेटको छालामा घाउ लाग्यो कि लागेन थाहा भएन तर उनको दिलमा भने ठूलै घाउ लागेको कुरा उनको व्यवहारले प्रकट गरयो । “हामीले पनि सेतीको बगरमा तालिम गरेर आएका हौं” भन्दै कम्बरको पेटी थुत्त थुतेर उनी विद्यार्थीमाथि आक्रमण गर्ने शैलीमा कार्यालयबाट बाहिर निस्के । उनका बाबु पनि “मेरो छोरालाई मारे नि” भन्दै लट्ठी घुमाउ‘दै बाहिर निस्के । उनीहरूको आक्रामक मुद्राले एकैछिन त विद्यार्थीहरूलाई भागाभाग बनायो । त्यही अवसरलाई उपयोग गरेर हेडमास्टर र प्रधानपञ्चलाई दक्षिणतिरको बाटो खोलातिर लगियो र केही उकालो चढेर गिञ्चौरे पण्डितका घरमा लगेर धनसारमा राखियो । उता बाउ छोराका डरले केही क्षण भागे पनि आन्दोलनकारीहरू तुरुन्त सम्हालिए र उनीहरूलाई घेरामा हाले । त्यही समयमा कसैले सङ्केत गरयो उनीहरूलाई पनि पण्डितकै धन्सारतिर भगाउने प्रयत्न गरयो । यही समयमा नारनबहादुर कार्कीले हातमा भएको लट्ठीले विद्यार्थीलाई झटारो हाने । चोट लागेर विद्यार्थी भइ‘मा ढले । त्यसबाट आक्रोशित आन्दोलनकारीले नारनबहादुर कार्कीलाई समाते र कालो मोसो लगाए । त्यो देखेपछि कालो मोसो देखेर भाग्दै गरेका छोरा पनि भाग्न चाहेनन् र ठिङ्ङ उभिए । उनले पनि कालो मोसोको मालिस प्राप्त गरे । त्यसपछि आन्दोलनकारीले ठूलो उत्सव मनाए जस्तो गरी हर्षबढाइ‘ गरे र नारा लगाए–“पञ्च कॉग्रेस... भाइभाइ । निर्दल बहुदल ...बाइबाइ...।”

भोलिपल्टदेखि आन्दोलनलाई अर्कै दिशातिर मोडन थालियो । स्थानीयहरूले प्रधानपञ्च र हेडमास्टरलाई भ्रष्टाचारको आरोप लगाएर कार्वाही गर्ने कुरा उठाउन थाले । त्यसका लागि जनभेलाहरू पनि गरिए । उनीहरूले स्पष्टीकरण पनि दिए । त्यसको नेतृत्व अग्रगामीहरूका हातमा थिएन । वास्तवमा त्यो कामको नेतृत्व प्रधानपञ्चका व्यक्तिगत दुश्मन एक्ला खेतका सामन्तीहरूले गरिरहेका थिए । भ्रष्टाचारको जस्तो कुरा भएको हुनाले हामी हेडमास्टरका पक्षमा बोली हाल्न पनि भएको थिएन । एक्लाखेतका केही मानिसहरू राणाकालदेखिकै सामन्ती थिए । यिनीहरूका जनविरोधी क्रियाकलापको विरोध गर्ने भएका हुनाले प्रधानपञ्चस‘ग उनीहरूको ठूलो अन्तरविरोध जन्मेको थियो । आनो सल्लाह अनुसार नचल्ने भएकाले हेडमास्टरलाई पनि उनीहरूले देखिसह‘दैनथे । त्यही समयको दुरूपयोग गरेर उनीहरूले दुवैलाई एउटै ढुङ्गाले तह लगाउन चाहन्थे । सुरुमा हामीहरू पनि यता न उता भयौ‘। जनता र कार्यकर्ता पनि दोधारमा परे । पछि थाहा भयो त्यो आरोप एक्लाखेतका सामन्तीहरूले बदला लिनका निम्ति लगाएका रहेछन् ।

कुलानन्द शर्मा रङ्गेठॉटी निवासी भए पनि चारखुट्टे लगायत अरू धेरै ठाउ‘मा समेत हाइस्कुलका हेडमास्टर भएका थिए । उनी स्कुलहरूको भौतिक विकासमा ज्यान फालेर लाग्दथे । उनको त्यो सद्गुणलाई हेरेर विद्यालय सञ्चालक समितिहरूले उनलाई प्रधानाध्यापकका रूपमा लैजान त‘छाडमछाड गर्दथे । उनले आपूmले पाउनुपर्ने तलबबाहेक एक पैसा पनि दुरूपयोग गरेको कहीँ पनि भेटिएको थिएन । शितला माविमा पनि उनले भौतिक विकासको प्रशस्त काम गरेका थिए । खेल मैदान बनाउने, स्कुल भवन बनाउने, कार्यशाला भवन बनाउने, बाटो बनाउने जस्ता काम मात्र होइन उनले स्कुलको जमिन विस्तारित गर्ने काममा पनि नेतृत्व गरेका थिए । स्कुल नजिकैको सार्वजनिक डॉडा उनकै सक्रियतामा स्कुलका नाममा दर्ता गरिएको थियो र ठूलो बनको पुछारको सार्वजनिक जमिन पनि स्कुलकै नाममा दर्ता गराएका थिए । स्कुल सञ्चालन हुने दिनमा मात्र होइन, अरू सबै शिक्षक र कर्मचारी घरमा बस्ने छुट्टीका दिनमा पनि आवश्यकता पर्दा स्कुलमा नै बसेर काम गर्थे । त्यहॉ स्कुलको जग्गा हड्पेर खान खोज्नेवालाहरू पनि थिए । उनीहरूको षड्यन्त्र कुलानन्दकै कारणले सफल हुन नसकेको हुनाले पनि उनलाई विभिन्न दिशाबाट आक्रमण गरिरहेका थिए । उनले हिसाबकिताब मिलाएर समेत एक पैसा दुरूपयोग गरेको कुरा कसैले भन्न सक्तैन । प्रधानपञ्च पनि त्यस्तै स्वभाव र चरित्रका थिए । तिनले स्कुलको काम र सामाजिक काममा लाग्दा निजी सम्पत्ति घटाउ‘दै गएको कुरा पनि सबैले देखेका थिए । त्यही कारणले गर्दा भ्रष्टाचारको आरोपले काम गर्न सकेन ।

जनमत सङ्ग्रह घोषणाको होलो अवस्थामा हामीले भने “एक एरिया, एक युनिट, एक स्क्वाड र एक एक्शन”को मार्गदर्शनमा पार्टी निर्माणको काम गरिरह्यौं । “पौवैगौंडे”एक एरिया चुनिएको थियो । लडाकु शिक्षकहरूका बीचमा “एक युनिट” पनि बनेको थियो । सुरक्षाको काम गर्न ‘बाल रेडगार्ड स्क्वाड’ पनि बनेको थियो । यति मात्र होइन आधारभूत वर्गभित्र “एक स्क्वाड” पनि बनिसकेको थियो । त्यो स्क्वाडमा गोपी विक, लक्ष्मण विक, टिकबहादुर विक, बलबहादुर सार्की र अर्काे एकजना त्यही जातका युवा थिए । त्यसपछि पार्टी “एक एक्शन” को तयारीमा लाग्न थाल्यो । त्यही समय, ०३६ को तिहारको समयमा गोपी र बलबहादुरका बिचमा पौवैगौ‘डे बजारमा पिटापिट भयो । बलबहादुरभन्दा गोपी धेरै बलियो भएका हुनाले बलबहादुरले धेरै पिटाइ खानुभयो । त्यो देखेपछि बलबहादुरका टोलका पुरुष महिला, केटाकेटी सबै उल्टिएर आए र गोपीलाई घाइते बनाइदिए । त्यो घटनाले स्क्वाडभित्रै ठूलो अन्तरविरोध सिर्जना गरिदियो र घाउ सञ्च हुन पनि तीनचार महिना लाग्न गयो । ०३६ सालको तिहारको विदा सकिएपछि म एक दिन स्कुलमा हाजिर भएर पार्टीमा भूमिगत भएर हिडे‘ । पछि पार्टीले कार्यनीतिमा फेरबदल ल्यायो र त्यो कार्यनीति नै फेरियो । अनि “एक एक्सन” को कुरा समाप्त भयो ।

प्रगतिशील विद्यार्थी संगठन अनेरास्ववियु भित्र पॉचौं र छैटौंका बीचमा ठूलो अन्तरविरोध थियो । माले पार्टीलाई समर्थन गर्ने विद्यार्थीले ‘पॉचौं’ र मसाल पार्टीलाई समर्थन गर्नेले ‘छैटौं’ भन्ने नामाकरण दिने गरेका थिए । ०३६ साल भाद्रमा शितला माविकै प्राङ्गणमा पॉचौंवाला विद्यार्थीहरूको जिल्ला भेला भएको थियो । त्यस भेलाले त्यही माविका विद्यार्थी डोलबहादुर(डिवि) कार्कीका नेतृत्वमा प्रथम जिल्ला सम्मेलन आयोजक कमिटी बनाएको थियो । त्यो कमिटीमा शितला माविका धनविक्रम कार्की, कोल्माका मिनप्रसाद गुरूङ, विरूवाका जीवन थापा, फेदीखोलाका हितकाजी गुरुङ, टक्सार घर भएकी शितला माविकी विद्यार्थी माया पोख्रेल, रङ्गेठॉटी माविका ..पनेरु, मातृभूमि माविका ...थापा (उमेशचन्द्रका छोरा) हरू सदस्य थिए । त्यसले अनेरास्ववियुलाई जिल्लाव्यापी बनाएको थियो र केही महिनापछि जिल्ला सम्मेलन गरेको थियो । त्यति बेलासम्ममा शिक्षक पूर्णबहादुर गुरूङ, मानबहादुर गुरूङ, भरत कार्की र कमला परियारहरू नेकपा(माले)मा संगठित भइसक्नुभएको थियो र हेडमास्टर कुलानन्द शर्मा र गिञ्चौरका पण्डित जीवनाथ रेग्मी पनि समर्थक भइसक्नुभएको थियो । पण्डित जीवनाथ रेग्मी त्यति बेलै छ दशक कटिसक्नुभएको थियो र गिञ्चौरको आसपासमा पण्डितले गर्नुपर्ने काम पनि गर्नुहुन्थ्यो । गौ‘डे बजारमा उहॉको एउटा आयुर्वेदिक औषधि पसल पनि थियो । उहॉ इमानदार, नैतिकवान् र जनपक्षीय व्यक्तित्व हुनुहुन्थ्यो । त्यही चरित्रका कारणले  उहॉलाई सामन्तीहरू पनि मन पर्दैनथे र कॉग्रेसस‘ग पनि भावनात्मक सम्बन्ध कायम गर्न सक्नु  हुदैन्थ्यो । उहॉको सच्चरित्रता र सङ्घर्षशीलताकै कारणले उहॉ नेकपा(माले)को योद्धा हुन सक्नुभएको थियो । ०३७ सालदेखि अमरनाथ शर्मा पनि पौवैगौ‘डेमा शिक्षक हुनुभयो र पार्टी कामको नेतृत्व गर्न थाल्नुभयो । उहॉ ०३८ सालदेखि भूमिगत हुनुभयो र त्यही समयदेखि इमान विक्रम केसी पनि भूमिगत हुनुभयो । अमर तीन वर्ष भूमिगत हुनुभयो र आर्थिक पेशेवर भएर खुला पार्टी काम गर्न थाल्नुभयो ।

 इमानविक्रम केसीले स्याङ्जा, कास्की, म्याग्दी र पर्वत जिल्लाहरूमा सात वर्षसम्म भूमिगत पार्टी काम गर्नुभयो र ०४५ सालदेखि खुला भएर उहॉकै घर इलाकामा पार्टी काम गर्नुभयो । कमला परियार ०३९ सालदेखि भूमिगत हुनुभयो र पर्वत र लमजुङ जिल्ला कमिटीमा समेत रहेर पार्टी काम गर्नुभयो । उहॉ पञ्चायत रहुञ्जेल भूमिगत हुनुभयो र पार्टी खुला भएपछि खुला हुनुभयो । उपर्युक्त कार्यकर्ताहरूमध्ये लक्ष्मण विक, गोपी विक र मनु गुरुङको निधन भइसकेको छ र पूर्णबहादुर गुरुङ, मानबहादुर गुरुङ र भरत कार्की शिक्षक पदबाट रिटायर भइसक्नुभएको छ भने इमानविक्रम केसी टक्सार खलङ्गा माविमा प्रधानाध्यापकबाट रिटायर हुनुभएको छ । विद्यार्थी धनविक्रम कार्की नेपालका वरिष्ठ चिकित्सक(सर्जन) हुनुभएको छ भने डिवि कार्की नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय कमिटी सदस्य र ०६५ को संविधान सभाको सदस्य समेत हुनुभएको छ ।

डिवि कार्की सानैदेखि पढाइमा प्रखर, बुझ्नमा चतुर, लडाकु, त्यागी र विवेकी क्रान्तिकारी हुनुहुन्थ्यो । यही कारणले शितला मावि ‘रेडगार्ड स्क्वाड’ को पहिलो कमाण्डर, अनेरास्ववियु पॉचौं० स्याङ्जा जिल्ला कमिटीको पहिलो प्रमुख र टक्सार पार्टी सक्रिय दलको पहिलो सचिव हुनुहुन्थ्यो । उहॉले ०३६ सालमा प्रथम श्रेणीमा एसएलसी पास गर्नुभएको हो । उहॉका बाबु रत्नबहादुर  कार्की र आमा पवि कार्की अति गरिब हुनुहुन्थ्यो । उहॉले वार्षिक मजदुरीमा प्रेमबहादुर कार्की, मिनबहादुर कार्की, शशिबहादुर आले आदि व्यक्तिहरूको घरमा हलो जोतेर छोरालाई एसएलसीसम्म पढाए पनि त्योभन्दा बढी पढ्न पठाउन सक्ने आर्थिक अवस्था उहाँसँग थिएन । त्यसैले  डिविका लागि जागिर नगरी नहुने स्थिति आयो र टक्सार खलङ्गाकै स्कुलमा शिक्षक काम गर्न थाल्नुभयो । उहॉको पार्टी काम, लडाकु व्यक्तित्व र सामन्तीस‘ग नझुक्ने मनोबलका कारणले उहॉलाई शोषित जनताले ऑखाको नानीजस्तो मान्दथे भने सामन्ती पञ्चहरूको ऑखाको कसिंगर हुनुभएको थियो । यसको परिणाम के भयो भने ०३८ सालमा नै स्थानीय पञ्चहरूले स्कुलबाट निस्कासन गरे र उहॉले शिक्षक पदबाट हात धुनुपरयो ।

०३८ साल पौष महिनामा रत्नबहादुर कार्कीका घरमा नेकपा(माले)को पश्चिमोत्तर क्षेत्रीय कमिटीको बैठक थियो । हुन त उनका घरमा त्यस्ता बैठकहरू बस्ने सेल्टर ०३६ सालदेखि नै प्राप्त हुने गरेको थियो र त्यति बेलैदेखि मिनबहादुरले क्रान्तिकारी किसान संघमा काम गर्न थाल्नुभएको थियो । त्यही बैठकमा आउ‘दा वामदेव गौतम र मैले बाबा आमास‘ग भन्यौ‘–

“अब डोलबहादुर छोरा पार्टीलाई दिनु परयो”

“हामीले के खाने ? यी बचरा कसरी पाल्ने ?”

“क्रान्ति पूरा गरेपछि खाने । सामन्तीहरूले जागिरबाट निकालिदिए । अब तिनैलाई ठिक पार्न डिबि कार्की भूमिगत हुनुपर्छ ।”

“ठूलो त्यही हो । अरू पाचछ जना बचरा छन् । हलो जोतेको मजुरीले खान मात्र पनि पुग्दैन । कमाइ गर्ने उही थियो । के भनौ‘ के भनौ‘ ।”

– अब धर्मर नहुनु होस् ।

– लौ ।

त्यसपछि, ०३८ साल माघ १ गतेदेखि नै, पार्टीको निर्णयअनुसार उहॉ भूमिगत भएर पार्टी काम गर्न थाल्नुभयो । सुरुसुरुमा उहॉले स्याङ्जा जिल्लामा पार्टी काम गर्नुभयो । स्याङ्जामा खुला रहेर पहिलै अनेरास्ववियुमा काम गरेको हुनाले उहॉलाई त्यहॉ भूमिगत काम गर्न अप्ठ्यारो हुन थाल्यो।

लमजुङ जिल्लाको पार्टी काम पनि राम्रै गरी अगाडि बढिरहेको थियो । त्यहॉ केशवलाल श्रेष्ठ, महेन्द्रलाल श्रेष्ठ, टिका बस्नेत र टुका हमालहरूले भूमिगत कार्यकर्ताका रूपमा काम गरिरहनु भएको थियो । त्यहॉको कामको स्थिति हेर्दा अरू थप भूमिगत कार्यकर्ताको आवश्यकता थियो । त्यो आवश्यकता लमजुङ जिल्लाभित्रैबाट पुरा हुन सक्ने अवस्था थिएन । पार्टीले लमजुङको त्यो आवश्यकता पूरा गर्न ०३९ सालमा डिवि कार्कीलाई सरूवा ग–यो । त्यहॉ पनि उहॉले अत्यन्त राम्रो काम गर्नुभयो । उहॉको सक्रियता, प्रखरता र वलिदानी भावनाले गर्दा अति छिटो कार्यकर्ता र जनताको प्रिय पात्र हुनु भयो । त्यस्तो अवस्थामा न कार्यकर्ताले लमजुङबाट विदा गर्ने चाहना गरे न उहॉले लमजुङ छाड्ने इच्छा नै जाहेर गर्नुभयो । पछि उहॉको विवाह पनि लमजुङेकी छोरी विमला देवीका साथ त्यही‘ भयो र नाम पनि त्यही‘को मतदाता नामावलीमा सामेल गर्नुभयो । अहिले उहॉका तिन छोरी छन् ।

०४८ सालको संसदीय निर्वाचनमा उहॉले अति सक्रिय भएर काम गर्नुभयो । त्यति बेला क्षेत्र नम्बर दुईमा पृथ्वी सुब्बा गुरूङ र एकमा केशवलाल श्रेष्ठ उमेद्वार हुनुहुन्थ्यो । त्यो निर्वाचनमा उहॉ यति धेरै सक्रिय हुनुभयो कि उहॉलाई नरोकी कन निर्वाचनमा विजयी हुन नसक्ने निष्कर्षमा कॉग्रेस पुग्यो । त्यसपछि उनीहरूले डिविलाई वेशीशहरको बजारकै बीचमा मर्ने गरी पिटे र ‘मारेर फाल्यौं’ भनेर हि‘डे । साथीहरूले हेलिकप्टर मगाउनुभयो र काठमाडौंमा लगेर उपचार गरेपछि ब‘चाउन सकियो । उहॉ एक वर्षसम्मको उपचारपछि मात्र हि‘ड्न सक्ने हुनुभयो । कॉग्रेसले मारेर यॉकेका भए पनि हस्पिटलले मारेको मान्छेलाई ब‘चाइदिएको थियो । त्यही भएर उहॉलाई लमजुङका जनताले ‘जिउँदो सहिद’ भनेर सम्मान गर्ने गर्दछन् ।

०४९साल माघको पॉचौं महाधिवेशनपछि ०५१ सालमा उहॉलाई पार्टीले अञ्चल सचिवको जिम्मेवारी दिएर महाकाली अञ्चलमा सरुवा गरयो । त्यहॉ उहॉले जम्मा एक महिना काम गर्न पाउनुभयो । त्यसपछि उहॉलाई कर्णाली अञ्चल सचिवका रूपमा कर्णालीमा पठाइयो । त्यहॉ पनि उहॉले अत्यन्त दुːख गर्दै लोकप्रिय हुने गरी तिन वर्षसम्म काम गर्नुभयो । छैटौं महाधिवेशनपछि नेकपा(एमाले) विभाजित भएर बनेको नेकपा(माले)को केन्द्रिय कमिटी सदस्य हुनुभयो र कर्णाली अञ्चलकै इञ्चार्ज भएर ०५८ साल फागुनसम्म पार्टी काम गर्नुभयो । ०५८ फागुनमा पार्टी एकीकरण भएपछि र सातौ‘ तथा आठौ‘ महाधिवेशनपछि पनि उहॉले अखिल नेपाल किसान महासंघमा रहेर काम गर्नुभयो । अहिले उहॉ संविधान सभा सदस्य(सांसद) पनि हुनुहुन्छ।

पौवैगौंडे पञ्चायती अन्धकारको युगमा नै बिउँझिएको थियो । एक्लाखेत, नुवाकोट आदि ठाउका जाली र फटाहाको शोषण र थिचोमिचोको विरोधमा त्यो जुर्मुराएको थियो । चारैतिर अँध्यारै अँध्यारोले ढाकेको समयमा पनि त्यहॉ आगोको रॉको भरभराउँदै बलेको थियो । 

त्यो रॉकोले पौवैगौंडेका जनताको मात्र होइन टक्सार, फेदीखोला, ठुलाडिही आदि ठाउँका जनताको पनि शोषण र दमनका विरोधमा  लडाइँ लड्ने बाटो र मैदानमा उज्यालो देखाएको थियो । त्यति मात्र होइन, त्यो अजय ज्योतिले पूरै स्याङ्जा जिल्ला, गण्डकी अञ्चल र सारा नेपालीलाई नमुना बनेर देखाएको थियो । यसको साथमा त्यसले डाक्टर, इन्जिनियर र प्रशासक मात्र होइन देशलाई नै सकारात्मक बाटो देखाउन सक्ने नेताहरू जन्माएको थियो

प्रकाशित: २७ पुस २०७७ ११:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App