१६ चैत्र २०८० शुक्रबार
कला

विघटन

लघुकथा

पुसको जाडोमा पारिलो घाम ताप्नुको मज्जा नै बेग्लै हुन्छ । त्यसमा पनि बिहानीको मौसममा तातो चिया सुर्क्याउँदै  साथीहरूसित गफगाफ गर्नुको आनन्द त झन् बयान गरी साध्य छैन । यसैले म पनि यही मनसायले नजिकैको चोकमा रहेको चिया पसलतिर सधैंझै पुगे । केही नियमित ग्राहकहरू चिया गफमा मस्त थिए।

सबैको अनुहारमा सधैंझै चमक र उत्साह भने कति पनि थिएन । एक आपसमा कुरा गर्दै थिए–   भर्खरै   भएको संसद विघटनको।

चन्द्रले दुखेसो पोख्यो–   नेताहरूले जनतालाई धोका दियो ।  

बुद्धिले थप्दै भन्यो – झन् हो नि यत्रो विश्वास  गरेर पठाएको त उहीँ  कुर्सीको लुछाचुँडी पो गर्नु रहेछ । संसद नै विघटन गर्यो स्वार्थमा।

मलाई चूपचाप  देखेर जितले भन्यो– साहित्यकारज्यू,  तपाईंको लेखरचना किन  आजभोलि अलिक कम आउन थाल्यो नि ?  

मैले यसो सोचेर उतर दिँदै भने – के हुन्थ्यो नि उहीँ विघटनले।

सबैले मेरो कुरा सुनेर छक्क पर्दै सोधे – हैन कसरी हुन्छ यस्तो ?

मैले जिज्ञासा मेटाउने प्रयास गर्दै भने–  संसद किन विघटन भो ? आखिर समस्या त विचारमा थियो नि । त्यस्तै मेरो मन दिमागमा पनि अन्तारिक किचलोले  लेख्न नसकेर विघटनकै ताल छ।

मेरो कुराले गलल्ल हाँस्दै भन्यो – सबैले  हँसाउनुहुन्छ।  कहिले त साहित्यकारज्यू पनि हाहाहा ।

प्रकाशित: २७ पुस २०७७ ०८:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App