coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

म के बनूँ !

कविता

अनुराग सापकोटा 

 

ठूलो मान्छे बन्नलाई कसो गरू मैले,

यही कुरा यो मनमा खेलेको छ ऐले ।

पैलो काम पढाइ हो भन्नुहुन्छ आमा,

दोस्रो काम सीप सिक भन्नुहुन्छ मामा ।

 

गीत गाई चर्चा पनि बटुलूझैँ लाग्छ,

रेकर्डिङ स्टुडियो म डुलूझैँ लाग्छ ।

नृत्यङ्गना देख्दा अब नाचूजस्तो लाग्छ ,

भाव बुझी कम्मर यो भाचूजस्तो लाग्छ ।

 

पढाउने सच्चा गुरु बन्न मन लाग्छ,

आफ्ना कुरा अरूलाई भन्न मन लाग्छ ।

कृषक भै पाखोबारी खन्न मन लाग्छ,

लेखापाल भई पैसा गन्न मन लाग्छ ।

 

बिरामीको उपचार गर्न मन लाग्छ,

पौडीबाज भई नदी तर्न मन लाग्छ ।

अभिनेता भई चट्ट पर्न मन लाग्छ,

नेता भई देशोन्नति गर्न मन लाग्छ ।

 

एउटै मान्छे केके बनू भनिदिनू गुरु,

बाटो देखाउने व्यक्ति बनिदिनू गुरु ।

यात्रा पार आफैं गर्छु देखाउनु बाटो,

सन्तुष्टि म दिलाउँलन गुरुभेटी साटो ।

 

म के बनू भन्ने प्रश्न दिमागमा खेल्यो,

अनेकन पीडाहरू यसले नै झेल्यो ।

लौ न बाबा लौ न आमा सुझाउनू जुक्ति,

अन्योलको जालोबाट दिलाउन मुक्ति ।

कक्षा –५,

ताराकुन्ज सेकेन्डरी स्कुल पोखरा १३ , पाटनबेसी, कास्की ।  

प्रकाशित: २५ पुस २०७७ ०६:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App