१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

सपना

लघुकथा

मेनेजरले आदेश दिए, तिमेरु, ड्यूटीमा लाग् । यिनको यहीँ छ काम ।

संयोगले म गाउँले दाइसँगै  विदेसिएँ । मेनेजरको आदेशअनुसार उहाँहरू काममा  लागे।

शून्य भोल्टेजको विद्युत् चिम बल्दै थियो। उनले सोेफामा बसाएर मनपरी गर्न खोजे । म के गरूँ र कसो गरूँ हुँदै थिएँ ।

– भनेको नमान्ने , चोरी केसमा फसाऊँ तँलाई।

– सिधै नेपाल पठाइदिएपछि चाख्लिस् ।

–  यहीबाट हुत्याइदिऊँ कि तँलाई।

म जबर्जस्ती लुटिँदै थिएँ।

अचानक झसङ्ग बिउँझिएँ । आमाले भन्दै हुनुहुन्थ्यो – नानी,  तँ एउटी भकी छोरी  पनि विदेश जाने भइस् अब । बरु, त्यत्रो पैसा यहीँ लगानी गरे हुँदैन थियो र।

    २०७३, पुस २०, देवीनगर, काठमाडौं ।

प्रकाशित: १९ पुस २०७७ १०:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App