८ वैशाख २०८१ शनिबार
कला

मेलमिलाप

बालकथा

 अरुणबहादुर खत्री नदी

 

मोहन र रमेशको घर नजिकै थियो । मोहन र रमेश एउटै स्कुलमा संगै हिँडेर पढ्न जाने गर्दथे । उनीहरू दुवै जना एउटै कक्षामा एउटै बेञ्चमा बसेर पढ्ने गर्दथे । दुवै जना मेहनत गरेर पढ्थे । दुवै जनाले स्कुलबाट घर फर्कनेबित्तिकै ड्रेसको लुगा फुकालेर घर बस्ने लुगा लगाएर हातखुट्ठा साबुनपानीले धुने गर्दथे । हातखुट्ठा धोइसकेपछि खाजा खाएर एकछिन खेल्ने गर्दथे । खेलिसकेपछि स्कुलको गृहकार्य गर्दथे । गृहकार्य गरेपछि खाना खाएर एकछिन पढेर समयमै सुत्ने गर्दथे । बिहान पाँच बजेपछि उठ्ने  गर्दथे । उठेर हातमुख धुने गर्दथे । हातमुख धोएर पढ्न बस्दथे । उनीहरू दुवै जना आफूभन्दा ठूलाले भनेको कुरा मान्दथे । आफूभन्दा ठूलालाई आदर गर्ने गर्दथे । घरमा आफूले गर्न सक्ने काम गरेर आमालाई सघाउने पनि गर्दथे ।

स्कुलको जाडो छुट्ठी हुँदा मोहनले आफ्नो मामाघर पोखरा जान ठूलो इच्छा गरेको  थियो । मेरो मामाघर आफूसंगै पढ्ने साथी  रमेशलाई लान के गर्ने होला भनेर उसले मनमनै सोचेको थियो । रमेशलाई उसले यसपालिको जाडो बिदामा म मामाघर जान्छु तिमी के गर्छौ नि भनेर सोध्यो । रमेशले मचाहिँ मेरो बाबाले काम गर्नुभएको ठाउँ इलाम घुम्न जान्छु नि भन्यो । मोहन आफ्नो मामाघर पोखरा गयो । रमेश उसको बाबाले काम गरेको ठाउँ इलाम घुम्न गयो । दुवै जना खुसी मान्दै घुम्न गए ।

जाडो बिदा सकिएपछि मोहन मामाघरबाट आफ्नो घर आयो र रमेश बाबाले काम गर्नुभएको ठाउँ इलाम घुमेर आफ्नो घर आयो । दुवै जना स्कुलको पढाइ सुरु भएपछि संगै स्कुल पढ्न जान थाले । स्कुलको वार्षिक परीक्षा नजिकै आइरहँदा दुवै जनाले मेहनतसाथ पढेर मोहन प्रथम र रमेश दोस्रो हुन सके आफ्नो कक्षामा ।

दुवै जनालाई खुसी लाग्यो । घरमा दुवै जनाले आफ्नो आमालाई रिजल्ट देखाएर आमा हजुरको छोरा प्रथम हुन सक्यो नि भनेर मोहनले भन्यो ।  आमा हजुरको छोरा दोस्रो भयो, रमेशले भन्यो । रमेशको आमाले अर्को वर्षचाहिँ तिमी प्रथम हुनुपर्छ नि भने । रमेशले मोहनलाई मेरो आमाले अर्को वर्ष म प्रथम भएको हुनुपर्छ भन्नुभयो भन्यो । तिमी प्रथम भयौ भने म दोस्रो हुन्छु नि त मोहनले भन्यो । हामी दुवै जना कहिले प्रथम कहिले दोस्रा अवश्य हुन्छौ । यस्तै गरी मेहनतसाथ पढ्दै गयौ भने रमेशले भन्यो । दुवै जना प्रथम हुन मिल्दैन के गर्ने नि मोहन रमेशले भन्यो । रमेशले यसो भनेपछि मोहनले हामी दुवै जना एउटै कक्षामा बसेर पढ्दा प्रथम हुन मिल्दैन नि त होइन र  भन्यो ।

यसरी दुवै जना सुरुदेखि नै मेहनतसाथ पढ्दै गएर डिग्रीमा राम्रो नम्बर ल्याएर उत्तीर्ण भए । पछि गएर दुवैले राम्रो ठाउँमा जागिर खान सकेर आफ्नो बुबा र आमालाई पाल्न सक्ने भए ।

प्रकाशित: १८ पुस २०७७ ०५:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App